२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अध्यक्ष नेपाल जेनेभा प्रस्थान

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । प्रवासी नेपाली एकता मञ्च युरोपद्वारा स्वीट्जरल्याण्ड लगायतका विभिन्न देशमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन।

व्यवसायीको माग सम्बोधन गर्न परिसंघको आग्रह

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ।

एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा वासिदको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।

‘अप्रेसन आवर’ले कर्णाली मर्कामा

कर्णालीको हिमाली जिल्ला हुम्ला राष्ट्रिय सडक सञ्जालले जोडिएको छैन। हुम्ला पुग्न मात्रै होइन, दैनिक उपभोग्य वस्तुका लागि हवाई मार्ग एक मात्र विकल्प हो।

एनआरएनएको ११ औं विश्व सम्मेलन काठमाण्डौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन तथा महाधिवेशन १७ देखि २० अक्टोबर सम्म काठमाण्डौंमा हुदैछ।

नेपाल–भारत जमुनाहा नाका : गाडीको तीव्रगतिले ६ नेपालीको ज्यान गयो

शनिबार भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको गाडी पनि १० बजेअगावै सीमानाकामा पुग्न तीव्र गतिमा रहेकाले दुर्घटना हुँदा छ नेपालीको ज्यान गएको जनाइएको छ।

नेपाल र भट्टराई पनि अनुसन्धानमा तानिने

सर्वोच्च अदालतले ललिता निवास व्यक्तिका नाममा पास गर्न निर्णय गराउनेलाई भन्दा अह्राएको काम गर्नेलाई कारबाहीको निसाना बनाएको भन्दै उच्च पदस्थ पदाधिकारीलाई अनुसन्धानको दायरामा ल्याउन आदेश जारी गरेको छ।

ललिता निवास प्रकरण: माधव नेपाल र बाबुराममाथि पनि अनुसन्धान गर्न बाटो खुल्यो (आदेशसहित)

ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको छ।

सरकारले ऋण लिएर भए पनि हाम्रो पैशा दिनुपर्छ: अध्यक्ष सिंह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अघिल्लो सरकारले गरेका कामलाई अर्को सरकारले अपनत्व लिन्न भन्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

चाडपर्वको खर्च जोहो गर्न भारत जानेको लर्को

शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिए। उनले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताए।

विद्युत् नपुगेका गाउँमा सोलार बत्ती

ढोरपाटन नगरपालिका-९ छ्यान्तुङकी थमकुमारी भण्डारी अहिले ७० वर्ष पूरा भइन्। उनले अहिलेसम्म टुकी र दियालो बालेर रात कटाउँदै आएकी थिइन्।

भारतमा कार दुर्घटनामा परी नेपालगन्जका छ जनाको मृत्यु

दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उहाँकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ता र नेपालगन्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको छोरा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया छोरी सुनिती गुप्ताको मृत्यु भएको हो।

गाउँ पस्यो कांग्रेस

सत्तारूढ नेपाली कांग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि गाउँ पसेको छ। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने कांग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्