१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यवसायीको माग सम्बोधन गर्न परिसंघको आग्रह

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ।

उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादन एवं रोजगारी कटौती, निजी क्षेत्रको घट्दो मनोबल तथा नयाँ लगानीका योजना स्थगनलगायतका चुनौतीहरूको सामना निजी क्षेत्रले गरिरहेको छ।

 विद्यमान चुनौतीपूर्ण अवस्थामा निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरेको भुक्तानी नपाउँदा त्यसको प्रत्यक्ष असर अर्थतन्त्रमा समेत परेकोतर्फ परिसंघ ध्यानाकर्षण गराउन चाहन्छ।

कुल गार्हस्थ्य उत्पादनमा निर्माण क्षेत्रको ठूलो योगदान छ। निर्माण व्यवसायीहरूका जायज माग सुनुवाइमा ढिला हुँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्नेतर्फ सचेत रहन समेत परिसंघले आग्रह गरेको छ।

प्रकाशित: २२ श्रावण २०८० ०४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App