चुरे र महाभारतबाट बग्ने नदी तटीय क्षेत्रका बासिन्दालार्इ सतर्क रहन आग्रह
मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै नदी आसपासका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएकाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै नदी आसपासका जनतालाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौंका नारायण गोपाल महर्जनको श्रीलंकाको महावेली नदीमा खसेर मृत्यु भएको छ ।महर्जन अन्तराष्ट्रिय दौड प्रतियोगितामा सहभागी हुनका लागि श्रीलंका गएका थिए।
शनिबार साँझ काठमाडौं, जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित एकल साँझमा जनगायक रामेश श्रेष्ठले आफ्नो अन्तिम प्रस्तुतिका रूपमा चिरपरिचित गीत गाए : ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ...’
विकास निर्माणका नाममा केही व्यवसायीले खोलाको दोहन गरिरहेका छन् । रौतहटको बागमती र लाल बकैया नदीको गिटी र बालुवामाथि केही व्यवसायीको गिद्दे दृष्टि परेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा विकास निर्माणको काम चलिरहेको मौका छोपी केही व्यवसायीले खोलाको अवैध दोहन गरिरहेको भए पनि सम्बन्धित निकाय मौन बस्नुले व्यवसायीको मनोबल झन् बढेको छ।
जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो।
जुनेली नदी सानी र सफा भएकी थिइन् । मध्यदिनको टन्टलापुर घाममा नदी टलक्क टल्किएर मयुर गाउँको बीचबाट पश्चिमतिर सलल बग्थिन् । नदी सानो भएकाले भेडा र पाख्राहरु नदीपारि चर्न जाँदा पानीबाटै उफ्रेर पारि जान्थे । चराहरू बगरका ढुंगाहरूमा लुकामारी खेल्थे।
लुम्बिनीको प्रवेशद्वार मानिएको सहर सिद्धार्थनगरमा २०६९ सालमै एकीकृत सहरी विकासअन्तर्गत फोहोर प्रशोधन केन्द्र निर्माण गर्ने भनिएपछि नगरवासी निकै उत्साहित भएका थिए। केन्द्र बनेपछि सहरका गल्ली र चोकचोकमा थुप्रिने फोहोर र डन्डा नदी किनारको डम्पिङ साइटले कुरुप बनाएको सहर सफा बन्ने अपेक्षा थियो तर ६ वर्ष बित्दा पनि अपेक्षा पूरा भएको छैन।
बागमती, लालबकैया र कमला नदीमा तालिम तथा तटबन्ध निर्माणका लागि भारतले १८ करोड रुपैयाँ अनदान दिएको छ।
सिन्धुलीको सुनकोसी नदीमा पछिल्लो समय अत्याधीक दोहन हुन थालेको छ।
तनहुँको व्यास नगरपालिका–३ मादी नदीको पुलमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
सुनकोसीमा बेपत्ता भएका खोटाङका तीन बालबालिकामध्ये एकको शव भेटिएको छ।
जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ।
जनप्रतिनिधिकै मिलेमतो र आडमा सुनकोसी तथा इन्द्रावती नदी अप्राकृतिक र अवैधानिक ढंगले तीव्र दोहन गरिएको पाइएको छ।
बैतडीको सिगास गाउँपालिका–५, ढुंगाडका बासिन्दा वर्षैदेखि सेती नदीको फोहर पानी पिउन बाध्य छन् । साढे तीन दशकदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् परियोजनाका कारण गाउँमा खानेपानी योजना निर्माण नहँुदा उनीहरू नदीकै पानी पिउन बाध्य भएका हुन् ।
सुनकोसीमा बेपत्ता भएका खोटाङ सुन्तलेका तीन बालबालिकाको खोजी कार्य जारी छ। बाख्रा चराउन जंगलमा गएकाबेला सुनकोसीमा बेपत्ता भएका बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीय अनिता माझी र १० वर्षीय सबिन माझी अझै भेटिएका छैनन्।