१ मंसिर २०८१ शनिबार
image/svg+xml

शिक्षा ऐन संशोधनपछिको सार्वजनिक परीक्षा

शिक्षा ऐन, २०२८ को आठौँ संशोधन विधेयक व्यवस्थापिका–संसद्बाट पारित भई २०७३ असार १५ गते प्रमाणीकरण भई कार्यान्वयनमा आएको छ। यो ऐन नेपाल राजपत्रमा मिति २०७३/३/१५ मा नै प्रकाशित भएको छ। ऐनको दफा १ संक्षिप्त नाम र प्रारम्भको उपदफा (२) मा 'यो ऐन तुरुन्त प्रारम्भ हुनेछ' भनिएपछि शिक्षा (आठौँ) संशोधन ऐन, २०७३ शिक्षा ऐन, २०२८ लाई संशोधन गर्न बनेको र प्रमाणीकरण भइसकेको अवस्थामा ऐनको आठौँ संशोधनले परिवर्तन गरेका विषय तुरुन्तै प्रभावमा आइसकेका छन्।

परीक्षाफल प्रकाशित

काठमाडौँ-त्रिभुवन विश्व विद्यालयल परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाकिज शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको मनोविज्ञान विषयको (सोधपत्रबाहेक) परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ।

कक्षा १२ को विज्ञान शंकायतर्फको परीक्षाफल प्रकाशित

काठमाडौं- सरकारले हालै गठन गरेको राष्ट्रिय परीक्षा बोर्डले आइतबार पहिलो पटक कक्षा १२ को विज्ञान संकायको नतिजा प्रकाशित गरेको छ।

परीक्षाफल प्रकाशित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्र बाहेक) राजनीतिशास्त्र र संस्कृति विषयको केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ।

प्रचण्डको फ्युजन परीक्षा

अहिले पुष्पकमलसँगको चुनौती, आशा र अपेक्षा भनेको के हो भने उनले आफ्नो जीवनमा धारण गरेका पाँचैवटा नामको व्यावहारिक फ्युजन गरेर नयाँ सन्देश दिन सक्छन् कि सक्दैनन् भन्ने हो।

परीक्षाफल प्रकाशन

काडठमाडौँ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ साल माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७१ को (सोधपत्रबाहेक) ग्रामीण विकास, नेपाल भाषा र भाषा विज्ञान विषयको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशन गरिएको छ। रासस

एसएलसी पूरक परीक्षा आजदेखि सुरु

परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले देशभरका १९२ वटा परीक्षा केन्द्रमार्फत आजबाट प्रवेशिका (एसएलसी) पूरक अर्थात ग्रेड वृद्धि परीक्षा सुरु गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले आजदेखि सुरु भएको परीक्षामा नियमित तर्फ एक लाख आठ हजार ३२६ जना र एक्जाम्टेड तर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार पाँचसय ८३ जना सहभागी भएको जानकारी दिए।

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् !

काठमाडौं– रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखा नेपालसँगको समन्वयमा कोरियाको मानव संसाधन विकास विभागले रोजगार अनुमति प्रणालीअन्गर्तत लिएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

केयु परीक्षामा भएको हस्तक्षेपको छानविन गर्न पाँच सदस्य उपसमिति गठन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं विश्वविद्यालय –केयु( को एमडी/ एमएस प्रवेश परीक्षामा हस्तक्षेपको गरेको विषयमा छानविन गर्न संसदको सुशासन तथा अनुगमन समितिले उपसमिति गठन गरेको छ। मंगलबार बसेको समितिको बैठकले पाँच सदस्यीय उपसमिति गठन गरेको हो। समितिमा जनकराज जोशी, उदय नेपाली श्रेष्ठ, नरसिंह चौधरी पद्मनारायण चौधरी तथा मिलनकुमारी राजवंशी रहेको उपसमिति गठन गरेको हो।

एसएलसीको पूरक परीक्षा साउन १४ गतेदेखि, तयारी पूरा

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले १४ गतेदेखि सुरु हुने ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको आज जानकारी दिए। उनले परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको जानकारी दिए ।

शक्ति दुरुपयोग गरी अख्तियारले केयुको एमडी प्रवेश परीक्षा गरेको पुष्टि

काठमाडौं विश्वविद्यालय (केयु) को परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संलग्नता पुष्टि भएको छ। संसदको सुशासन तथा अनुगमन समिति बैठकमा शुक्रबार उपस्थित भएका केयु पदाधिकारीहरुले सो कुरा स्वीकार्दै केयुले अख्तियारसँग मिलेर प्रश्नपत्र तयार, परीक्षा सञ्चालन, रिजल्ट प्रकाशन गरेको बताएका हुन्।

अग्निपरीक्षामा प्रचण्ड

आज राजनीतिका विषय अनेक छन् । खास गरी नेपालको इतिहासमा नै पहिलो पटक एक जना महिला प्रधान न्यायाधीशमा आसीन हुन पुग्नुभएको छ । भरखर आरम्भ लोकतन्त्रले विकसित लोकतन्त्रको अभ्यासलाई समेत निकै पछाडि पार्दै सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा एक विदूषी महिलालाई आसीन गराउनुअघि राष्ट्रपति पदमा विद्यादेवी भण्डारी र सभामुख पदमा ओनसरी घर्तीमगरलाई विराजमान गराइसकेको छ ।

परीक्षाफल प्रकाशित

काठमाडौं—त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मङ्सिर÷पुस महिनामा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ एमविएस प्रथम वर्ष २०७१ को परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डले काम थाल्यो

कक्षा १२ सम्मलाई विद्यालय तह निर्धारण गरिएको शिक्षा ऐनको आठाैं संशोधन सरकारले बिहीबार कार्यान्वयनमा ल्याएको छ । ऐन कार्यान्वयनसँगै शिक्षा मन्त्रालयले उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्ड गठन गरेको छ ।

परीक्षामा चीट चोर्नेलाई पनि जेल सजाय !

नयाँ दिल्ली- उत्तरपूर्वी भारतमा परीक्षामा चीट चोरी गरेर लेखेको आरोपमा प्रहरीले एक विद्यालयमा अध्ययनरत १७ बर्षीया विद्यार्थीलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्