स्क्रिनसट
मोबाइलमा महिलाको सुमधुर आवाज आयो, "तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाइल अहिले स्विचअफ गरिएको छ।"

मोबाइलमा महिलाको सुमधुर आवाज आयो, "तपाईले सम्पर्क गर्न खोज्नुभएको मोबाइल अहिले स्विचअफ गरिएको छ।"
परिवर्तन युवा क्लबको सभाहलमा "परम्परागत विवाहभन्दा प्रेम विवाह उत्तम" विषयमा खुला युवा वादविवाद प्रतियोगिता चलिरहेको थियो।
साहित्य पनि नदीजस्तै प्रवाहशील हुँदोरहेछ। मझधार फराकिलो र शान्त भई सरस बग्दा किनार प्रायः शुष्क र निरस रहन्छ।
छोरीको बालापन माइतमै रहँदो रहेछ। छोरीचाहिँ बिहेसँगै पाहुना भइहाल्दी रहिछे।
मिनी बसको बिचतिरको सिटमा म बसेको थिएँ। साँझ पर्न थालेको थियो।
साथी तनावमा देखिन्थे। निधारका नसाहरू फुलेका थिए। साथीले एकपटक मलाई, अर्कोपटक दाजुलाई हेरे। ओठ खुले, फेरि बन्द भए।
बाबाको नाम सुन्नासाथ हजुरबा-हजुरआमा र आमाको अनुहारमा गर्वको चमक फैलियो।
सुर र धुनमा मिल्दैन लय, आफ्नै छायाँसँग लाग्दछ भय। दाम नहुँदा फेरिँदो रहेछ माया, किन हुन्छ माया, दायाँ र बायाँ?
सम्बन्ध जोड्न सिकाउँछन् फूलहरू हार बनेर, प्रेम र सद्भाव पढाउँछ परम्परा दशैंतिहार बनेर।
देवीभक्त लामीटारेसँगको भेटघाट हाम्रो यात्रामा आनन्दको विषय मात्र रहेन, यो त एक बोझिलो जिम्मेवारी पो बन्यो। उनको पछिल्लो अन्तर्वार्तासमेत समेटेर पुस्तकलाई समसामयिक तथ्यहरूका आधारमा अद्यावधिक गर्नु थियो। उनलाई चित्त बुझ्नेगरी पुस्तकको संरचना परिवर्तन गर्नु थियो।
पछिल्लो समय नेपाली पाठ्यक्रम पनि आफ्नो माटाको आवश्यकता र देशको आधार तयार गर्नेभन्दा मध्यमस्तरको जनशक्ति उत्पादनमा केन्द्रित देखिन्छ। स्वदेशमा अवसरको अभाव, राजनीतिक अस्थिरता, भ्रष्टाचारको व्याप्तताले युवा उमेरका मानिसलाई वितृष्णाको खेतीमा मलजल गरिरहेको छ।
आज टंकप्रसाद आचार्य र रामहरि शर्मा त हराए हराए। उता पुष्पलाल जसले कहिल्यै पनि सुख पाएनन्। केशरजंग रायमाझीले आफ्नो धन उडाए तर कहिल्यै सुख पाएनन्। अर्का धनाढ्यका सन्तान विष्णुबहादुर मानन्धरले काम र त्याग गर्दा अनि साम्यवादी विचारधारामा लाग्दा आफ्नो सम्पन्नतालाई कहिल्यै पनि ख्याल गरेनन्।
हाम्रो साहित्यले इतिहासका अधिकांश घटनालाई त्यसै बगेर जान दिन्छ। फ्याट्टफुट्ट आएकाबाहेक हामीकहाँ ‘ऐतिहासिक’ भनिने साहित्यको सङ्ख्या ज्यादै कम छ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि प्रेरक अमर सहिद शुक्रराज शास्त्री स्मरणीय छन्।
