२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संसद् अवरुद्ध हटे संसदीय समिति सभापति चुन्ने तयारी

सत्तारूढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि संसदीय समिति सभापतिको निर्वाचन गर्ने तयारी गरिएको छ। सोमबार बसेको शीर्ष नेताहरूको बैठकमा कांग्रेसले चारवटा समिति सभापति पाउने सहमति भएको छ भने प्रमुख प्रतिपक्षी दल।

संसद् अवरुद्ध कायमै

सोमबार बोलाइएको प्रतिनिधिसभा बैठकमा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिएपछि सूचनाबाट स्थगित गरिएको छ।

संसद अवरोध हटाउन प्रधानमन्त्रीसहित शीर्ष नेतासंगको छलफलमा सभामुख

सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।

सत्तारूढ दल माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा

सत्तारूढ नेकपा (माओवाद केन्द्र)को संसदीय दलको बैठक सिंहदरबारमा बसेको छ ।

अवरुद्ध संसद खोलौँ, सुन तस्करी छानबिनमा सघाऔँः सांसद अधिकारी

जनता समाजवादी पार्टी,नेपालका सांसद प्रकाश अधिकारीले सुन तस्करी प्रकरणको छानबिनलाई सघाउन अवरुद्ध संसद खोल्नुपर्ने बताएका छन।

तलबभत्ता र विदेश भ्रमणमा २६ करोड खर्च

नयाँ संसद् भएकाले सरकार पनि नयाँ बनाउने कार्य भयो भने सभामुख उपसभामुखको निर्वाचन गरियो। जसबाट प्रधानमन्त्री पुष्पकमल दाहालले गत पुस २६ गतेको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिएका थिए।

प्रस्तावित ६ राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

पुरानो संसद भवनलाई पहिलेकै अवस्था निर्माण गरिने

सरकारले सिंहदरवार परिसरभित्र रहेको पुरानो संसद भवन ग्यालरीलाई मर्मत सम्भार गरी पहिलकै अवस्थामा निर्माण गर्ने भएको छ।

प्रस्तावित राजदूतको सुनुवाइ सुरु

संघीय संसद्, सार्वजनिक सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ। सिंहदरबारस्थित समितिको आजको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीटजरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ हुने कार्ययोजना छ।

आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ।

सुन तस्करी नियन्त्रणमा संसदीय समितिको भूमिका प्रभावकारी हुनुपर्ने

सुन तस्करी नियन्त्रणमा संसदीय समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सांसदहरूले माग गरेका छन्।

गणपूरक संख्या नपुगेपछि लेखा समितिको बैठक बस्न सकेन

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ।

कोसीमा सात दिनभित्र बहुमतको नयाँ सरकार बनाउन परमादेश

सर्वोच्च अदालतले यसअघि कोसी प्रदेशमा गठन गरिएको सरकार संविधानविपरीत भएको ठहर गर्दै यही साउन १७ गतेभित्र बहुमतका आधारमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन बिहीबार परमादेश जारी गरेको छ।

सुन तस्करीबारे आधिकारिक धारणा बनाउन एमालेले बोलायो संसदीय दलको बैठक

केही दिन अघि त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक पदम गिरीले नागरिक न्यूजलाई बताए। बैठक १२ बजेका लागि बोलाइएको छ।

विषय छाडेर असन्तुष्टि पोख्दै कांग्रेस नेता

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू मुलुक र पार्टीसामु देखिएका चुनौतीलाई कसरी सम्बोधन गर्नेभन्दा पनि असन्तुष्टि पोख्नमै सक्रिय भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्