१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रस्तावित ६ राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

विभिन्न मुलुकका लागि प्रस्तावित ६ जना राजदूतको नाम अनुमोदन भएको छ।

सिंहदरबारमा बिहीबार बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिकाे बैठकले ६ जनाको राजदूतको सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

अनुमोदन हुनेहरुमा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधिका लागि रामप्रसाद सुवेदी रहेका छन्।

यस्तै संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर वली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईको नाम अनुमोदन भएको छ।

सरकारले गत असार २६ गते विभिन्न मुलुक तथा कुटनीतिक नियोगका लागि ६ जना राजदूतको नाम सिफारिस गरेको थियो।

प्रकाशित: १८ श्रावण २०८० ११:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App