२१ आश्विन २०८१ सोमबार
image/svg+xml

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक आगामी भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ। भोलि साउन ३१ गते बस्ने तय भएको उक्त बैठक विशेष कारणवस स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

संसद् अवरुद्ध गर्नु गैरजिम्मेवारः कांग्रेस

सत्तारूढ नेपाली कांग्रेसले जनताको सर्वोच्च थलो संसद्लाई लामो समयदेखि अवरुद्ध गर्नु गैरजिम्मेवारी भएको जनाएको छ।

संसद् ‘हाइज्याक’ गरियोः लामिछाने

प्रतिनिधिसभाको बैठक बस्नासाथ सभामुखले कांग्रेस सांसद सुनिल शर्मालाई बोल्न समय दिए। प्रमुख प्रतिपक्षी दल उठिरहेका बेलामा उनले सत्तापक्षका सांसद शर्मालाई बोल्न अनुमति दिएका थिए।

काँग्रेस संसदीय दलको बैठक आज सकिने

बैठक आज बिहान ११ बजेबाटत नयाँ बानेश्वरमा शुरु हुनेछ। गत शुक्रवारबाट शुरु भएको संसदीय दलको बैठकमा संसद अवरोध हटाउने लगायत पार्टीका बारेमा छलफल भइरहेको छ। बैठक आज निस्कर्षसहित सकिनेछ ।

कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।आजको बैठक मध्याह्न साढे १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको तोत्से हलमा बस्न लागेको नेपाली कांग्रेसले जनाएको छ।

कानूनमन्त्री गुरुङको स्वास्थ्यमा क्रमिक सुधार

नेपाली कांग्रेसका उपसभापति एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी लिने प्रक्रिया जारी

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी लिने प्रक्रिया सुरु भएको छ।

संसद अवरोधका विषयमा राष्ट्रपतिको चासो

राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह हुने भन्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन्।

सदन खुलाउनेबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको संसदीय दलको बैठकआज बस्दै छ। बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।

सत्तापक्षले संसद्मा दादागिरी देखायो: सचेतक बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्।

वनकै कारणले प्रसारण लाइनमा उल्झन

संसद्को पूर्वाधार विकास समितिका सांसदहरूले ऊर्जाक्षेत्रको विकासका लागि सबै राजनीतिक दलले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताएका छन्।

उच्चस्तरीय छानबिन समितिको प्रतिबद्धता नआएपछि एमालेद्वारा संसद् अवरुद्ध

गृहमन्त्रीले श्रेष्ठले भनाइ राखेपछि प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता नगरेको भन्दै विरोध गरेपछि एमाले सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।

प्रस्तावित प्रधानन्यायाधीशका लागि ससदीय सुनुवाइ प्रकृया सुरु

सङ्घीय संसद्, संसदीय सुनुवाई समितिले सवैधानिक परिषदबाट नेपालको प्रधानन्यायाधीश पदमा सिफारिस भई संसदीय सुनुवाइका लागि आएको पत्रअनुसार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको ससदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्