३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी लिने प्रक्रिया जारी

सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी लिने प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिले सार्वजनिक सूचना जारी गरेर श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार र सवुद प्रमाणसहित उजुरी दिन आह्वान गरिएको छ।

बुधबारदेखि १० दिनसम्मको समयमा उजुरी दिन सकिने व्यवस्था छ। संसदीय सुनुवाइ समितिले उजुरीका आधारमा उजुरीकर्तालाई बोलाएर जानकारी लिने गर्दछ भने संसदीय सुनुवाइ समितिमा बोलाएर उनलाई लागेको आरोपबारे जानकारी लिने गर्दछ। संसदीय समितिले अनुमोदन गरेपछि उनी सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्।

प्रकाशित: २६ श्रावण २०८० ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App