२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

सत्तापक्षले संसद्मा दादागिरी देखायो: सचेतक बर्तौला

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्तौलाले संसद्मा प्रतिपक्षका विषय उठान गर्न नदिनका लागि सत्ता पक्षले संसद्मा दादागिरी देखाएको बताएका छन्।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन। 

उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले आफ्ना धारणा राख्दै गर्दा सत्तापक्षका सांसहरूले उठेर विरोध गर्नु दादागिरी भएको बताए।

बर्तौलाले सत्तापक्षको दादागिरी देख्दा सरकार संसद् चलाउन नचाहने स्पष्ट भएको बताए। उनले प्रतिपक्षले बोल्दै गर्दा सत्तापक्षका सांसदहरूले संसदीय मर्यादाबाहिर गएर विरोध गरेको बताए। 

बर्तौलाले भने, ‘सरकार यसमा जिम्मेवार बन्न सकेन। सम्माननीय सभामुखज्यूले प्रतिपक्षको तर्फबाट हाम्रा मान्य सूर्यबहादुर थापालाई आफ्ना भनाइ राख्न दिँदा प्रतिपक्षले सभामुखले समय दिएर बोल्दासमेत सत्ता पक्षका मान्यहरूले उठेर अवरोध गर्नुभयो।  सत्तापक्षको यस किसिमको दादागिरी देखा परेको छ। सरकार सदन चलाउन चाहँदैन। सत्तापक्ष संसद्मा द्वन्द्व गर्न चाहन्छ । किनभने प्रतिपक्षले आफ्ना विषय राख्न पाउँदैन? आफूले जनताका मुद्दा उठाउने कुरा सभामुखको समयमार्फत उजागर गर्न पाइँदैन। सत्तापक्षका सांसदहरू हामीले बोल्दै गर्दा संसदीय मर्यादाबाहिर जान मिल्छ।’ 

बर्तौलाले प्रतिपक्षले बोल्न पाउने अधिकार सत्तापक्षले कुण्ठित गरेको बताए। ‘उहाँहरू योजनाबद्ध तयारीमा हुनुहुन्छ । अभियोग प्रतिपक्षलाई लगाउने, अरू सबै करणी आफू गर्ने। यो दाउपेचका साथ सरकार र सत्तापक्ष अघि बढ्न सकेन। संसद्लाई द्वन्द्वतर्फ लैजान सरकार तयारी छ। त्यो खेतीमा लागेको छ’, उनले भने।

प्रकाशित: २४ श्रावण २०८० १०:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App