२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चिनियाँ ठेकेदारले बनाएको आयोजनाबाट उत्पादित बिजुलीमा भारतको रिजर्भसेन छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री नेपाल आएको बेला भएको सम्झौताबारे विस्तृत जानकारी गराएका छन्।

जलवायु संसद् गठनको तयारी

नेपालमा जलवायुजन्य चुनौतीसँग लड्न संसद् र राजनीतिक नेतृत्वको भूमिका बढाउन ‘जलवायु संसद्’ गठन गरिने भएको छ।

पचहत्तर प्रतिशत निर्माण सकियो अत्याधुनिक र विश्वकै नयाँ प्रविधिजडित नयाँ संसद् भवनको

सिंहदरबारमा निर्माणाधीन संघीय संसद् भवन निर्माण जारी रहे पनि यसको निर्माण सम्पन्न हुन २५ प्रतिशत बाँकी रहेको छ।

आज ४ वटा संसदीय समितिको बैठक बस्दै, के–के हुन् एजेन्डा?

बैठकमा सोह्रौँ पञ्चवर्षीय योजना सम्बन्धमा राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल हुने बताइएको छ।

राष्ट्रिय सभा निर्वाचनपछि मात्र संसदीय समिति

अहिले समितिको नेतृत्व चयन गर्दा विवाद हुन सक्ने र यसले राष्ट्रिय सभा निर्वाचनमा असर पार्र्ने भएकाले समितिको नेतृत्व चयन गरेर थप विवाद ननिम्त्याउनेतर्फ सत्तासीन दलहरू छन्।

लुम्बिनी प्रदेश सभामा दलहरूबीच भागबन्डा मिलेन, समिति निर्माण अन्योलमा

सरकारमा रहेका साना दलहरूले संसदीय समितिको सभापति दाबी गरेपछि संसदीय समितिको नेतृत्व चयनका लागि तय गरिएको चुनाव स्थगित भएको छ।

संसदमा विचाराधिन विधेयक सरकारले बीचमै अपहरण गर्न मिल्दैनः कानूनमन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा विचाराधिन विधेयक सरकारले बीचैमा अपहरण गर्न नमिल्ने बताएका छन्।

श्रम र यातायातमन्त्रीकाे भुमिका छानबिन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको संसदीय समितिले बालकुमारी घटना प्रकरणमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको भुमिकाबारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

राष्ट्रिय सभाको मर्यादा

पटक–पटक जनताले अस्वीकृत गरिसकेका, राजनीतिमा खासै भूमिका नरहेका, अवकास लिनुपर्ने उमेरका, धेरैपटक लाभको पदमा बसेर पनि कुनै उल्लेख्य काम गर्न नसकेका व्यक्तिहरू नै उम्मेदवारको चर्चामा रहेका देख्दा सर्वसाधारणमा भने यो चुनावप्रति खासै आकर्षण देखिएको छैन।

सांसद कार्की भन्छिन्, ‘धारा,कुलो र पानी आएन भनेर बारम्बार फोन आउँछ’ (अन्तर्वार्ता)

पहिलो पटक संसदमा प्रवेश पाएका सांसदलाई गएको एक वर्षमा समयसीमाभित्र मन्तव्य राख्न, मुख्य विषयमा ध्यान केन्द्रित गर्न र कानुन निर्माणका विभिन्न चरण र प्रक्रियामा नयाँ अनुभव लिन महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाइ छ।

आज तीन संसदीय समितिको बैठक, एउटामा पर्यटन मन्त्री किराँतीसँग छलफल

बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुने जानकारी दिएको छ।

आज ५ संसदीय समितिका बैठक, एनसेल खरिदबिक्री प्रकरणमा पनि छलफल

आज एकै पटक ५ वटा संसदीय समितिका बैठकहरू बस्ने भएका छन्। ती बैठक बिहान साढे १० बजेबाट सुरु हुने जानकारी दिइएको छ।

संसद्लाई प्रभावकारी बनाउन सकिएन : सांसद बस्नेत (अन्तर्वार्ता)

इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतले एकबर्से संसदीय अभ्यासले आफूलाई खल्लो बनाएको प्रतिक्रिया दिएका छन्।

अभियुक्त सांसदले अस्वस्थ प्रतिनिधि सभा

फौजदारी अभियोगमा निलम्बन हुँदा २०७४ र अहिलेको संसद्मा सबै सांसदले भाग लिएको पाइँदैन। जसकारण प्रतिनिधि सभा अस्तव्यस्त भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्