१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

आज तीन संसदीय समितिको बैठक, एउटामा पर्यटन मन्त्री किराँतीसँग छलफल

फाइल तस्बिर

आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ। कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ। बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुने जानकारी दिएको छ।

यसैगरी दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्य प्रणालीका सम्बन्धमा छलफल हुने बताइएको छ।

साढे ११ बजे सुरु हुने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय र मन्त्रालयसँग सम्बन्धित  सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग छलफल गर्ने कार्यसूची छ।

प्रकाशित: १३ पुस २०८० ०४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App