१४ आश्विन २०८१ सोमबार
image/svg+xml

म्यानमारमा सेनाको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहर मन्डालयमा सेनाको गोली लागेर सात वर्षीय बालिकाको मृत्यु भएको छ। ती बालिका घरमै रहँदा गोली हानिएको परिवारले जनाएका छन्।

जंगी अड्डा भित्रको एक भवनमा आगलागी (तस्बिरसहित)

जंगी अड्डा सुन्धाराको एक भवनमा आगलागी भएको छ। बिहिवार जंगी अड्डा भित्रको एक भवनको दोस्रो तलामा आगलागी भएको थियो। दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो।

सेना दिवसमा विशिष्ट अतिथिको आसन परिवर्तन

नेपाली सेनाले बिहीबार आयोजना गरेको महाशिवरात्रि तथा सेना दिवसको कार्यक्रममा विगतमा भन्दा फरक ढंगले विशिष्ट अतिथिहरूको आसन परिवर्तन गरिएको छ।

अन्तर सुरक्षाटिम मैत्रीपूर्ण भलिबलको उपाधि भीमकालीलाई

महाशिवरात्री तथा सेना दिवसको अवसरमा ताप्लेजुङको फुङ्लिङस्थित भीमकाली गुल्मले आयोजना गरेको अन्तर सुरक्षा टिम भलिबल प्रतियोगिताको उपाधि आयोजक टिमले रक्षा गरेको छ।

सेनाले नपढेको किताब

नेपाली सेनाले पशुपतिनाथ (महादेव) लाई राष्ट्रदेव मान्छ । यो उसको अठोट पनि हो । त्रिशूल र डमरु सेनाको प्रतीक चिह्न हो । महाशिवरात्रिलाई सेना दिवसका रूपमा मनाउँछ, सेनाले । यसको अर्थ स्पष्ट छ– परम्परा, धर्म, संस्कृति र मौलिक चरित्र बिर्सेको छैन सेनाले । निजी फाइदाका लागि विगतमा केही जर्नेलले राजनीतिक दल र सत्तासीनको प्यारो हुने कोसिस गर्दा आधारभूत चरित्र (बेसिक क्यारेक्टर) त्यागिदिए ।

महाशिवरात्रि तथा सेना दिवस सम्पन्न

नेपाली सेनाले महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । सेनाले बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रमहरूको आयोजना गरी सेना दिवस मनाएको हो । सो अवसरमा कार्यक्रमकी प्रमुख अथितिसमेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्दै शहिदहरूप्रति श्रद्धान्जलि अर्पण गरेकी थिइन् ।

यसरी मनाइँदैछ सेना दिवसः टुँडिखेलमा बढाइँ कवाजसहित विशेष समारोह

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस बिहीबार मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसकै अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने बढाइँ कवाजसहितको विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनेछिन्।

अफ्रिकी मुलुककाे बाटामा भएकाे विस्फोटमा मृत्यु हुनेको संख्या ९८ पुग्यो

बाटास्थित एन्कोआन्टोमा सेनाको ब्यारेकमा राखिएको विस्फोटक पदार्थमा आइतबार अपराह्न आगो लागेपछि उक्त दुर्घटना भएको थियो। किसानले खेतमा बालेको आगो सैन्य शिविरभित्र पनि फैलिएको थियो। घाइतेको संख्या धेरै भएपछि स्थानीय स्वास्थ्य संस्थाहरुले सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेका थिए।

हराए लालसेना, बिलाए सपना

जुम्लाको पोखरी गाउँमा जनयुद्धकालमा निधारमा चारतारे रुमाल बाँधेका लस्करै लागेर लाल सेना आउँथे । काँधमा बन्दुक, झोलामा बम र ग्रिनेट बोकेका उनीहरु सुन्दर सपनाको गफ गर्थे । समृद्ध नेपालको सपना बोकेको हुँकार दिन्थे । मरे मृत्यु र बाँचे मुक्तिका कुरा गर्थे । लाग्थ्यो,“अब नेपाल बन्न समय लाग्दैन । सबैले साथ दिनुपर्छ । नेपालको विकास लालसेना बनाएको नेकपा माओवादीले मात्र गर्न सक्छ ।”

म्यानमारमा सेनाले सत्ता सम्हालेदेखि बिहीबारसम्म ५४ को मृत्यु, राष्ट्रसंघद्वारा चासो व्यक्त

म्यान्मारमा प्रदर्शनको सबैभन्दा भयावह दिन पछि यी टिप्पणीहरू आएका हुन्। बुधबार प्रजातन्त्रको पुनः वहालीको माग गर्दै गरिएका जुलुसमा सुरक्षा बलले भीडमा गोली हानेको टेलिभिजन तथा सामाजिक सञ्जालमा आएका दृश्यहरूमा देखाइएको छ। संयुक्त राष्ट्र सङ्घका अधिकार प्रमुख मिशेल बाचलेटले सुरक्षा निकायहरूलाई शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुप्रति उनीहरुको क्रुर कारबाही रोक्न आग्रह गरेका हुन्।

जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक हुँदै

नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ।

हिमाल आरोहीलाई नेपाली सेनाको सम्मान

कार्यक्रममा अग्ला १४ हिमालहरूमध्येको ८ हजार ६ सय ११ मिटर अग्लो हिमालको वृत्तचित्र प्रस्तुत गरिएको थियो। आरोहण दलका निर्मल पुर्जा मगरले आरोहणको अनुभव सुनाए। उनले नेपालीको नाम विश्वभर फैलाउन नेपालको राष्ट्रिय गीत गाउँदै चुचुरोमा नेपालको राष्ट्रिय झन्डा फहराउन आफुहरू सफल भएको बताए।

विशेषज्ञ चिकित्सक लिएर गाउँ पुग्यो सेना

कोभिड–१९ का कारण अस्पतालसम्म पुग्न नसकेका स्थानीयको स्वास्थ्य परीक्षण तथा उपचारका लागि विशेषज्ञ चिकित्सक लिएर नेपाली सेना गाउँगाउँ पुगेको छ। स्त्रीरोग विशेषज्ञ र जनरल मेडिसिनका चिकित्सक लिएर सेना गाउँमै पुगेको हो।

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच भेट, जग्गा हस्तान्तरणका विषयमा कुरा भएको सेनाको दाबी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ। संसद् विघटन सम्बन्धी मुद्दामा बहस सकिएर फसैला आउने बेला सोमबार सर्वोच्च अदालतमा जबरा र थापाबीच भेटवार्ता भएको भएको हो।

पूर्वलडाकु भन्छन्ः माग पूरा भए ओली समूहको राजनीतिक लडाइमा ढाल बनेर उत्रन्छौं

बुटवलको शक्ति प्रदर्शनमा ४ सय बढी जनमुक्ति सेना सहभागी हुने दावी यसअघि नै गरीएको छ । सोही दावी अनुरुप आमसभा अघि बिहान भेला गराइ पूर्वलडाकुहरुले आफना माग पुरा भए सरकारलाइ ढाल बनेर साथ दिने प्रतिबद्धता जनाए । पूर्वलडाकु कमाण्डर दुर्गा चौधरीले तत्कालिन माओवादीले आफुहरुलाइ उपयोग मात्रै गरेकाले माग पुरा भए सरकारलाइ ढाल बनेर साथ दिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्