नेपाल-बेलायत सन्धिको शताब्दी यात्रा
अन्तर्राष्ट्रिय स्तरमा नेपालको गिर्दो साखलाई उच्च राख्न असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा आधारित माटो सुहाउँदो नीतिनिर्माण आजको आवश्यकता हो। आसन्न भू–राजनीतिक संकटले ल्याउन सक्ने खतराले नेपालको सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र अस्तित्व रक्षा गर्न ‘नेपाल–ब्रिटेन शान्ति तथा मैत्री सन्धि १९२३’ सम्पन्न गर्ने ल्याकत भएका चन्द्रशमशेरजस्तो कूटनीतिज्ञको खाँचो छ।