हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आन बिहान देशभर आंशिक बद्ली रहेको जनाएको छ भने देशभर पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेका जनाएको छ।
आज आंशिक बद्ली बाहेक अन्य रूपमा मौसम सामान्य रहेको जनाएको महाशाखाले शनिवारदेखि भने मौसममा केही फेरबदल हुने जनाएको हो।
महाशाखाले भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। शनिवार रातीको अवस्था पनि त्यस्तै छ।
यसैगरी आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
प्रकाशित: ६ पुस २०८० ०१:१५ शुक्रबार





