२४ असार २०८१ सोमबार
image/svg+xml

भेरोसेल खोप अभियानमा व्यापक दुरुपयोग

खोपमा दुरुपयोग भएपछि पाँच दिनसम्म चल्ने भनिएको अभियान शुक्रवार नै एक दिन अघि नै सकिने भएको बताए। लक्षित समुह बाहिरको समुहले खोप लिंदा लक्षित व्यक्तिले नपाइ अरुले पाउने स्थिति रहेको खड्गाको भनाइ छ। अपुग रहेका लक्षित समुहलाई अर्को पटक खोप उपलब्ध गराउने खड्गाले बताए।

आन्द्राको क्यान्सरबाट पीडित अधिकारीलाई सहयोग

खोटाङका एक क्यान्सर बिरामीलाई उपचार खर्च जुटाइएको छ। आन्द्राको क्यान्सरबाट थलिएपछि हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ४७ वर्षीय तारानाथ अधिकारीलाई उपचार खर्च जुटाइएको हो।

थाइल्यान्डले सिनोभ्याक र अष्ट्राजेनेकाको मिश्रित खोप दिने

थाइल्यान्डले चीनको सिनोभ्याक कम्पनीले उत्पादन गरेको खोपको पहिलो डोज लगाएकालाई दोस्रो डोज दिँदा अष्ट्राजेनेकाको खोप दिने निर्णय गरेको छ। रोगविरुद्ध लड्न सक्ने क्षमता बढाउन यी दुवै कम्पनीको खोप दिन लागिएको थाइल्यान्डले सोमबार जनाएको छ।

मंगलबारदेखि खोप अभियान सञ्चालन, ७७ वटै जिल्लामा पहिलो मात्राको खोप लगाउने

सरकारले मंगलबारदेखि कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाउने भएको छ।

काठमाडौं–१५ का १५ स्थानमा १५ दिने कोरोना जनचेतना अभियान

काठमाडौं महानगरपालिका वडा नं. १५ समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोराना भाइरसबाट बच्ने र बचाउने जनचेतना तथा जागरण अभियान सम्पन्न गरेको छ। वडा १५ का १५ स्थानमा १५ दिन सञ्चालन गरिएको अभियान शनिबार सम्पन्न भएको हो।

हमालद्वारा धनगढीमा नि:शुल्क ‘महाप्रस्थान यान’ संचालन

सुन्दर सुदूरपश्चिमका अभियान्ता तथा व्यवसायी गोपाल हमालले धनगढीमा निशुल्क महाप्रस्थान यान संचालनमा ल्याएका छन । शवलाई सम्मानजनक तरिकाले आर्यघाट सम्म पुगाउने वाहनलाई हमालले महाप्रस्थान यान नाम राखेका हुन । शव वोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुवेका परिवारलाई सवारीसाधन खोज्न समस्या रहेको थियो । शव वोक्न अरुले सवारीसाधन दिन नचाहने र उपयुक्त वाहान नहुदाँ शवलाई सम्मानजनक रुपमा आर्यघाट सम्म पुगाउन स्थानियले भोगिरहेको समस्या देखेपछि ३० लाख लगानीमा महाप्रस्थान यान संचालन गरेको हमालले बताएका छन ।

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा

ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्पर स्माइकलले रोकेपछि रिबाउन्डमा आएको बलमा केनले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।

हिमामा सुत्केरीलाई पोषिलो खाना, बच्चालाई न्यानो कपडा

जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकाया सुत्केरीलाई पोषिलो खाना र बच्चालाई न्यानो कपडा कोसेली स्वरुप लिएर गाउँबस्तीमा पुगेकी छिन्।

देवयानी कोकाकोला इन्डियाको उपाध्यक्ष

देवयानी राजनीतिक घरानासँग जोडिएकी व्यक्ति हुन्। उनी राप्रपा नेता पशुपतिशमशेर राणाकी छोरी हुन् भने उनकी आमा उषाराजे भारतको भाजपाका दिवंगत नेता विजयराजे सिंधियाकी छोरी हुन्। देवयानीको पूर्वयुवराज दीपेन्द्र शाहसँग नाम जोडिएको थियो ।

बाढीपहिरोको क्षतिः उत्तरी गोरखामा पैदल हिँड्ने बाटो पनि छैन

लगातारको वर्षापछि बाढी पहिरो निम्तिँदा १५ दिन देखि उत्तरी गोरखासँग सदरमुकामको आउजाउ टुटेको छ । मोटरबाटोको सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकामा पैदल हिड्ने बाटोमा दर्जनौं ठाउँमा भत्किएपछि स्थानीय ज्यानको बाजी राखेर हिँडडुल गर्न बाध्य छन् ।

युरो २०२०: सानदार जितसहित इङ्ल्यान्ड सेमिफाइनलमा

सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्डले जारी प्रतियोगितामा कुनै पनि गोल खाएको छैन।

मर्स्याङदी नदीको पुल भासियो, खाद्यान्न ढुवानी रोकियो

यही असार महिनाको सुरुआतदेखि परेको अविरल वर्षाका कारण मर्स्याङदी नदीमा आएको बाढीपहिरोले नार्पाभूमि २ स्थित झोलुङ्गे पुल भासिएको गाउँपालिकाका अध्यक्ष मिङ्माछिरिङ लामाले जानकारी दिए।

युरो कप: उच्च मनोबलको फाइदामा स्विट्जरल्यान्ड

लयअनुसारको प्रदर्शन गर्न नसकेको स्पेनले समूहचरणको अन्तिम खेल र अन्तिम १६ मा आफूलाई प्रमाणित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो। यस क्रममा स्पेनले क्रोएसियाको चुनौती ५–३ ले पन्छाएको थियो। ३–१ को अग्रता जोगाउन नसकेको स्पेनले अन्ततः अतिरिक्त समयमा २ गोल गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो।

एनआइबिएल एस क्यापिटल र देवयान इन्टरनेसनलबीच सम्झौता

म्युचुअल फन्ड अन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फन्डको कर्पोरेट पे रोल एसआइपी अन्तर्गत व्यवस्थित लगानी योजनाको लागि सम्झौता भएको छ।

थोराङला पास गराएर मनाङमा खाद्यान्न ढुवानी तयारी

बाढी पहिरोले सडक क्षतविक्षत पारेपछि हिमाली जिल्ला मनाङमा एकमहिना देखि खाद्यान्न आपूर्ति रोकिएको छ । बेसीसहर–चामे सडक तत्काल खुल्ने अवस्था नहुँदा खाद्य संकटको सम्भावना रहेको स्थानीयले बताएका छन् । कतिपय दैनिक उपभोग्य बस्तु अभाव भईसकेको उनीहरुको भनाई छ । तर, स्थानीय प्रशासनले अझैसम्म खाद्य अभाव नभएको बताएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्