४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्य क्षेत्रमा यस्ताे बेथिति, औषधि छ तर स्वास्थ्यकर्मी छैनन

जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ। अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ।

जब आँसुले कपोल भिजायो

मेघाको कायापलट गर्ने अमेरिकन धुरन्धर शिक्षक वायने डेयरले आफ्नोे पुस्तक ‘योर सेक्रेट सेल्फ’मा टर्मिनलको ट्रेनझै एउटा ट्रेन भित्रिन्छ, अर्को निस्किन्छ, एउटाले अर्काको ठाउँ लिन्छ। एकपछि अर्को ट्रेन आउने जाने गर्छ। यो प्रक्रिया दिनभरि नै चल्ने गर्छ त्यसरी नै मानिसको मन मस्तिष्कमा हरेक दिन हजारौं कुरा आएर भरिने गर्छ भनी लेखेका छन्। मानिसको जीवन यात्रामा धेरै मानिस भेटिन्छन्, विभिन्न घटना घट्ने गर्छन्। विभिन्न समस्याको सामना मानिसले गर्ने गर्छ। तीमध्ये मानिसले धेरैजसो कुरा समयको अन्तरालसँगै झुल्छन् या सपनासरि मन मस्तिष्कबाट हराएर जान्छ। तर, केही कुराले यस्तो अमिट छाप छोडेर जाने गर्छ कि कुनै मानिससँगको भेटघाट, उसको हृदयस्पर्शी व्यवहार एवम् केही घटनाले पछिसम्म प्रभाव पार्ने गर्छ वा जीवनशैलीमा टर्निङ प्वाइन्टमा उभ्याइदिन्छ। मानिसको जीवनशैली नै बदलिदिने गर्छ।

सुत्केरी भत्ता माग्दै स्वास्थ्यकर्मी कुट्ने दम्पती पक्राउ

रसुवाको नौकुण्ड गाउँपालिका–२ यार्सामा रहेको स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको नौकुण्ड गाउँपालिका-२ यार्साका ५० वर्षीय दावा नेमा तामाङ र उनकी ४३ वर्षीय श्रीमती किता रानी तामाङ रहेका छन्।

शौचालयमा औषधि भण्डारण

प्रयाप्त जनशक्ति र भौतिक संरचना गतिलो नहुँदा रोल्पाका अधिकांश स्वास्थ्य संस्था आउने बिरामी र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले बिभिन्न समस्या झेल्ने गरेका छन्। कतै स्वास्थ्यकर्मीको अभाव छ भने कतै कतै सामान्य रुपमा चाहिने पुर्वाधार समेत छैन्।

अस्पताल छाडेर ‘प्रभुको उपचार’

जिल्लाका पालिकामा स्वास्थ्यचौकी छन्। स्वास्थ्यचौकीमा दक्ष स्वास्थ्यकर्मी छन्। थोरैधेरै औषधि पनि पाइन्छ। स्वास्थ्यचौकीमा रोग निको नभए जिल्ला अस्पताल छ। अस्पतालमा ५ जना डाक्टर छन्। अस्पतालमा एम्बुलेन्स पनि छ। तर रोल्पाका धेरै गाउँका बिरामीको रोजाइ ‘प्रभुको उपचार’ परेको छ। अहिले जिल्लामा रहेका करिब ५ दर्जन चर्चमा प्रार्थना गर्नेसँगै बिरामीको घुइँचो लाग्छ।

मणिपाल विवाद डेढ वर्षपछि बल्ल टुंगोमा

श्रम ऐनअनुसार तलब भत्ता वृद्धिलगायतका माग राखेर मणिपाल शिक्षण अस्पतालमा डेढ वर्षदेखि चलेको मजदुर विवाद बल्ल समाधान भएको छ। स्थानीय स्तरबाट भएको पहल सफल नभएपछि श्रमसम्बन्धी यो समस्या टुंगो लगाउन श्रम मन्त्रालयले नै हस्तक्षेप गरेको थियो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्देशनपछि हालै मात्र विवाद टुंगो लागेको हो।

किन हुन्छ स्तन क्यान्सर ?

हरेक महिना आफ्नो स्तन आफैले छामेर परीक्षण गर्ने। तर कहिलेकाहिँ आफूले छामेर गिर्खा पत्ता नलाग्न पनि सक्छ। तसर्थ हरेक वर्ष एकपटक स्वास्थ्यकर्मीकोमा गएर जाँच गर्ने। अझ सकिन्छ भने ४० वर्षभन्दा माथिका दिदीबहिनीले वर्षमा एकपटक मेमोग्राम गर्ने या भिडियो–एक्सरे गर्ने। यी तीन कुरालाई नियमित अनपाउँदै गयौं भने सुरुकै अवस्थामा क्यान्सर पत्ता लाग्छ।

तलब नपाएपछि डोल्पाका स्वास्थ्यकर्मी आन्दोलनको तयारीमा

डोल्पाको एक नगरपालिका अन्र्तगतका स्वास्थ्य केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले आर्थिक वर्ष बितिसक्दा समेत पारिश्रमीक पाएका छैनन्।

सिरहाका स्वास्थ्य केन्द्र ‘कामचलाउ’ स्वास्थ्यकर्मीका भरमा

नवराजपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी) दश महिनादेखि ल्याब असिस्टेन्टको भरमा चलिरहेको छ।

महिनावारी सरसफाइ सिकाउँदै सीता

स्वास्थ्यकर्मीका रूपमा सल्यान र सुर्खेतका विभिन्न स्वास्थ्य चौकीमा काम गर्दा सीता शर्माले अनेकौ समस्याहरू देखिन अनि अनुभव गरिन् ।

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलनमा

लामो समयदेखि तलब नपाएको भन्दै रौतहटका दुई स्थानीय तहका स्वास्थ्यकर्मीहरू उपचार सेवा ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् । ११ महिनादेखि तलब नपाएको भन्दै रौतहटका राजदेवी र गौर नगरपालिकाका स्वास्थ्यकर्मीहरू शुक्रबारदेखि आन्दोलनमा उत्रिएका हुन्।

तलव भत्ता माग्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित

सरकारले स्थानीय तहमा खटिएर काम गर्ने स्वास्थ्यकर्मीलाई तलव भत्ता नदिएको भन्दै जुम्लाका स्वास्थ्यकर्मी आन्दोलित भएका छन।

बिना कारबाही छाडिए भारतीय स्वास्थ्यकर्मी

सिरहाको लहान –८ स्थित शिवम मेडिसिन सेन्टरमा सञ्चालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदियाथाना घुल्ला ग्रामपञ्चायत घर भएका विद्युत रोईलाई प्रहरीले बिना कारबाही छाडेको हो।

द्वन्द्वकालका ‘माओवादी स्वास्थ्यकर्मी’ लाई सरकारी मान्यता

तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखतलाई वैधता दिने तयारीमा जुटेको पाँच नम्बर प्रदेश सरकारले द्वन्द्वकालीन यस्तै अर्को मुद्दालाई आधिकारिकता दिन प्रक्रिया अघि बढाएको छ।

पानी बोकेर बिरामीको सेवा गर्दै स्वास्थ्यकर्मी

रसुवाको नौकुण्ड गाउँपालिका–३ स्थित पारच्याङ स्वास्थ्य चौकीको धारामा पानी आउन छाडेको ६ महिना बित्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्