१४ असार २०८१ शुक्रबार
image/svg+xml

असिनाले अन्नबाली नष्ट

बैतडीको पुर्चौडी नगरपालिकाकाका विभिन्न वडामा परेको असिनापानीले अन्नबाली नष्ट गरेको छ । पाक्नै लागेको गहुँ, जौ, तरकारी, फलपूmल लगायतका अन्नबाली नष्ट गरेको किसानहरुले बताएका छन् । असिनाले नगरपालिकाको वडा नं.१, २, ३, ४, ८ मा बढी क्षति पुर्‍याएको स्थानीय किसान रामबहादुर धानुकले बताए ।

हावाहुरी तथा असिनाले दुई करोडको क्षति

विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब दुई करोड रुपैयाँ मूल्य बराबरको क्षति पुर्‍याएको छ।

असिनाले अन्न बालीमा क्षति, ११ सय नास्पातिका बोट नष्ट

असिना पानीले जिल्लाको तल्लो भेगका अधिकांश स्थानीय तहमा लगाएको अन्न बाली चुटेर नष्ट पारेको छ।

असिनाले चुटेर बालकको मृत्यु

अर्घाखाँचीको शितगङ्गा नगरपालिकामा एक १० वर्षीय बालकको असिनापानीले चुटेर मृत्यु भएको छ। नगरपालिका–१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

बाजुरामा असिनाले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित

असिना पानीले जिल्लाको तल्लो भेगका अधिकांश गाउँमा लगाएको अन्नबाली चुटेर नष्ट पारेको छ। करिब एक घण्टा समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारीलाई चुटेर नष्ट पारेको हो। जिल्लाको तल्लो क्षेत्रका स्थानीयले चैतको पहिलो साताबाट जौ बाली भित्र्याउने गरेका छन्।

कर्णालीमा असिना पानीसँगै हिमपात

दुई दिनदेखि लगातार बर्षा हुँदा कर्णालीको जनजीवन कष्टकर बनेको छ। बर्षासँगै अत्यधिक चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र दीर्घरोगी समस्यामा परेका छन्।

असिनापानीले तरकारी तथा गहुँ बाली नष्ट

आइतबार, सोमबार र मंगलबार नौमुले र गुराँस गाउँपालिकामा परेको असिना पानीले आठ सयभन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएका छन्।

असिना पानीले ८ सय किसान प्रभावित

आइतबारदेखि नौमुले र गुरासँ गाउँपालिकामा परेको असिना पानीले ८ सय बढी किसानहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। नौमुलेमा ३ फिटसम्म असिना परेपछि बालीनाली पूर्ण रुपमा नष्ट भएको छ। असिनाले नष्ट गरेको बाली मूल्यांकन र किसानमाझ अनगुमन गर्न गाउँपालिकाले गाउँमै पुगेको छ।

असिनाबाट धानबालीमा ७५ लाखको क्षति

बेनी नगरपालिका–२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ।

असिनाले धान बालीमा क्षति

म्याग्दीको बेनी नागरपालिका–२ का विभिन्न ठाउँमा मङ्गलबार दिउँसो परेको असिनाले धानबालीमा ठूलो क्षति पु-याएको छ ।

नगदे बाली खेतमै सुकेपछि किसानको बिचल्ली

नवलपरासीको प्रतापपुर गाउँपालिका ९ की सुमित्रा धवल मंगलबार खेतको डिलमा बसेर एक तमाासले सुकेका उखु हेरेर टोलाउँदै थिइन्। घर नजिकैको ६ कठ्ठा खेतमा उनले २०७४ को फागुनमा उखु लगाइन्। जुन उखु उनका लागि खुनपसिना सबथोक हो। १० जनाको परिवार पाल्ने एकमात्र आयश्रोत हो। तर त्यहीँ उखुले अहिले उनलाइ दिनको भोक न रातको निन्द्रा बनाएको छ।

असिना पानीसँगै आएको हावाहुरीले ठूलाे क्षति

शनिबार र आइतबार आएको असिना पानीका कारण रुकुम (पश्चिम)का विभिन्न ठाउँमा व्यापक क्षति गरेको छ।

असिनापानीले पकेट क्षेत्रका सुन्तला सखाप

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कमल महतले २५ रोपनी क्षेत्रफलमा सुन्तला लगाएका छन्। उनको बगानमा उत्पादन दिने एक हजार दुई सय बोट छन्।

असिना पानी र हुरीबतासले क्षति

आइतबार राती सर्लाहीमा असिनापानी एवं हुरीबतासले बालिनालीमा क्षति पु-याएको छ। असिनासहित मेघगर्जन पानी परेको र हुरीबताससमेत चलेकाले मकैं, गहुँजस्ता अन्नबाली तथा आँप, लिचीजस्ता फलफूल एवं तरकारी बालीमा क्षति पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्