१६ असार २०८१ आइतबार
image/svg+xml
समाज

असिना पानीसँगै आएको हावाहुरीले ठूलाे क्षति

हावाहुरीले क्षति गरेको बालकल्याण माविको भवन। तस्बिरः लोकेन्द्र/नागरिक

रुकुम– शनिबार र आइतबार आएको असिना पानीका कारण रुकुम (पश्चिम)का विभिन्न ठाउँमा व्यापक क्षति गरेको छ। गाउँमा निर्माण भइरहेका योजना देखि किसानले लगाएको अन्नवालीमा समेत क्षति गरेको छ। जिल्लाको त्रिवेणी गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका चार वटा खानेपानी आयोजनामा क्षति पुग्दा यहाँ खानेपानीको हाहाकार भएको स्थानीयको भनाइ छ।

भारी वर्षाका कारण आएको बाढीले चारवटा खानेपानीका मुहानमा क्षति गर्दा गाउँपालिका १ मा रहेको दुई सय ५८ घरपरिवारमा खानेपानीको समस्यामा परेको स्थानीय रामकृष्ण ओलीले जानकारी दिए।

पानीसंगै आएको बाढीले ५०/५० लाख रुपैयाँको लगानीमा निर्माण भएको सामाढुंगा खानेपानी आयोजना, दिव्य चच्छु माविको भट्टछरे खानेपानी आयोजना, ३० लाख रुपैयाँमा निर्माण भएको बल्ले खानेपानी आयोजना र ११ लाख रुपैयाँमा निर्माण भएको खर्क खानेपानी आयोजनामा पूर्णरुपमा क्षति गरेको वडा सदस्य लक्ष्मण ओलीले जानकारी जानकारी दिए। खानेपानीका मुहानमा रहेका ट्यांकी र पाइप बाढीले बगाएपछि अहिले गाउँमा खानेपानीको समस्या भएको उनको भनाइ छ। मुहानमै बाढी पसेपछि शनिबार देखि गाउँमा खानेपानीको आपुर्ति बन्द भएको उनले जनाए।

उक्त वडामा रहेका तीन वटा टोल तथा बस्ती र यहाँको एउटा बिद्यालयमा खानेपानीको हाहाकार भएको छ। खानेपानी आयोजनामा क्षति हुँदा यस वडामा रहेको बल्लेका ८८, दहभागे लग्रेका ७०, माथिगाउँका एक सय घरधुरी अहिले खानेपानीको अभाव भएकाले तत्काल मर्मतको लागि सहयोग गरिदिन वडा सदस्य ओलीले सबैलाई आग्रह समेत गरेका छन्। यसका साथै यहाँ रहेको दिव्यचच्छु माध्यामिक विद्यालयका ६ सय विद्यार्थीलाई पनि खानेपानीको अभावमा परेका छन्। अहिलेसम्म जम्मा गरेर राखेको पानीले जसोतसो काम चलाएपनि अब जम्मा गरेको पानी पनि सकिएपछि स्थानीय खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन्।

खानेपानी आउन छोडेपछि गाउँबाट घण्टांै हिडेर गाग्रीमा पानी ल्याउनु पर्ने बाध्यतामा रहेको यहाँकी मनसरी घर्तीले बताइन् । मान्छे तथा पशु चौपायलाई पनि बोकेर पानी ल्याउँनुपर्दा निकै समस्या हुन थालेको उनको भनाई छ । खोलामा आएको बाढीले स्थानीयका दुई वटा पानी घट्ट समेत बगाएको वडाध्यक्ष मोहनकिशोर ओलीले जानकारी दिए। स्थानीय हरिबहादुर केसी र मेवालाल ओलीका पानीघट्ट बाढीले बगाएको उनले बताए।

यसै बीच जिल्लाको बाँफिकोट गाउँपालिका ४ मा रहेको वालकल्याण माध्यामिक विद्यालयका दुई वटा भवनको छाना उडाइदिएको छ। असीना पानी संगै आएको हावाले जस्तापाताको छाना उडाउनुका साथै भवनमा क्षति गरेको प्रधानाध्यापक पवन गिरीले जानकारी दिए। दुई वटा विद्यालय भवनको छाना उडाएपछि पढापाठन समेत अवरुद्ध भएको उनले बताए। क्षति भएको विद्यालय भवन पुननिर्माण गर्नुपर्ने भएकाले आगामी जेठ २६ गतेसम्मका लागि विद्यालय बन्द गरिएको छ।

 

 

प्रकाशित: २० जेष्ठ २०७६ १२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App