४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गृहमन्त्रीलाई उत्तेजनामा नआउन एमाले सुझाव

प्रमुख प्रतिपक्षी एमालेले पार्टीले गर्न लागेको मेची महाकाली राष्ट्रिय अभियानको सुरक्षा चिन्ता जाहेर गर्दै त्यसमा कुनै अप्रिय घटना भए गृहमन्त्रीले जिम्मेवारी लिनुपर्ने चेतावनी दिएको छ। गृहमन्त्री विमलेन्द्र निधिले शनिबार सुरु हुने अभियानका बारेमा भड्काउपूर्ण अभिव्यक्ति दिएको भन्दै एमालेले कुनै घटना भए त्यसलाई हल्का रूपमा नलिन गृह प्रशासनलाई आग्रह गरेको छ।

एमाले राष्ट्रघाती :  गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मधेसबाट एमालेलाई बढार्ने गरी प्रचार अभियानमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्। 'कोर' मधेसबाट चुनावी अभियान सुरु गर्न आयोजित कार्यक्रममा कांग्रेस नेता निधिले एमालेले राष्ट्रघाती काम गरिरहेको आरोप लगाउँदै त्यसैलाई गाउँगाउँ प्रचारमा लाग्न अह्राए।

माेर्चा पनि चुनावमा अाउँछ, जायज माग सम्बाेधन हुन्छः गृहमन्त्री निधि

उपप्रधानमन्त्री विमलेन्द्र निधिले मधेसको जायज मागको सम्बोधन गर्दै निर्वाचन सम्पन्न हुने बताएका छन्।

गृहमन्त्रीद्वारा 'बहिष्कार'

६७ औं प्रजातन्त्र दिवसका अवसरमा सैनिकमञ्ज दुलहीझैं सिँगारिएको थियो। एक साताअघिदेखि सुरक्षा संगठनले कवाजको तयारी गरे। तामझामका साथ कार्यक्रम आयोजना गर्न उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आफैंले चासो राखे।

स्ववियु चुनाबको सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबका लागि सबैखाले सुरक्षा मिलाउन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएका छन्। फागुन १४ गतेका लागि स्ववियु चुनाब तय भएको छ। सो चुनाबका लागि अख्तियार गर्नुपर्ने सुरक्षाका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।

गृहमन्त्रीद्वारा सुन तस्करी रोक्न नयाँ प्रहरी प्रमुखलाई निर्देशन

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाल प्रहरी, सशस्त्र प्रहरीका नयाँ प्रमुखहरुलाई गृहमन्त्रालयमा बोलाएर निर्देशन दिएका छन्। अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग सम्झौता नगरी दृढतापूर्बक काम गर्न सुरक्षा उनले निर्देशन दिए।

गृहमन्त्रीले भने– 'विखण्डनकारीलाई कुनै हालतमा छाड्दैनौं'

उपप्रधानमन्त्री एंव गृहमन्त्री विमलेन्द्र निधिले राष्ट्रिय अखण्डताविरुद्ध लाग्ने जोकोहीलाई नछाडिने चेतावनी दिएका छन् । खाज्य विखण्डन्डको माग गर्नुलाई कुनै पनि हालतमा अधिकारको आन्दोलन मान्न नसकिने भन्दै मन्त्री निधिले विखण्डनकारी कार्यमा नलाग्न आम नागरिककलाई सचेत पनि गराएका छन्।

एनजीओले गर्दा विपद् व्यवस्थापन ऐन रोकियो : गृहमन्त्री

उपप्रधान तथा गृहमन्त्री विमलेन्› निधिले गैरसरकारी संस्थाका कारण विपद् व्यवस्थापन ऐन आउन नसकेको खुलासा गरेका छन्। विपद जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको बैठकलाई शुक्रबार सम्बोधन गर्दै उनले भने, 'ऐन सरकारको अण्डरमा हुने कि एनजीओ अण्डरमा भन्ने विवादले रोकिएको हो।

गृहमन्त्री निधि समयमै संसद नपुग्दा…

सोमबार दिउँसो १:३० बजेका लागि संसद बैठक आह्वान गरिएको थियो। संसद बैठकको मुख्य कार्यसूचिमा निर्वाचन कसुर सजाय ऐन विधेय पेश गर्ने तोकिएको बारे सांसदहरु सूचित थिए।

निर्वाचनका लागि तयारीमा जुट्नुस्ः गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनपश्चात् स्थानीय निकायलगायत तीनवटै निर्वाचन हुने भएकाले त्यसको तयारीमा लाग्नु पर्ने बताएका छन् ।

सुन तस्करीका नाइके पक्रन गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले शुक्रबार सुरक्षा निकायका प्रमुखलाई सुन तस्करीको जरैसम्म पुगेर अनुसन्धान तथा कारवाही गर्न निर्देशन दिएका छन । गृहमन्त्री निधीले शुक्रबार गृह सचिव , प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका एआईजी र सिआईबी प्रमुखलाई बोलाएर सुन तस्करीका नाईके पक्राउ गर्न निर्देशन दिएका हुन्।

सीमा सुरक्षालाई उच्च प्राथमिकता दिन गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उच्च मनोबलका साथ निर्भिक भई सीमा सुरक्षालाई उच्च प्राथमिकता दिएर काम गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिएका छन्।

चुनाव तयारीमा रहन गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र नीधिले जिल्लाका सरकारी कार्यालय प्रमुखलाई चुनावका लागि तयार रहन निर्देशन दिएका छन्। जिल्लाको अवस्थाबारे जानकारी लिन शनिबार कार्यालय प्रमुखसँग गरेको अन्तर्त्रि्कयामा उनले भने, '२०७४ को माघभित्र तीनवटै निर्वाचन सक्नुपर्छ, तपाईंहरू मानसिक रुपमा तयारी हुनुहोस्।'

चुनावको लागि तयार रहन गृहमन्त्रीले दिए निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र नीधिले जिल्लाका सरकारी कार्यालय प्रमुखलाई चुनावका लागि तयार रहन निर्देशन दिएका छन्। जिल्लाको अवस्थाबारे जानकारी लिन शनिबार कार्यालय प्रमुखसँग आयोजना गरिएको अन्तक्रिया कार्यक्रममा उनले भने, ‘आउँदो वर्ष, २०७४ को माघ ७ भित्र तीनवटै निर्वाच सक्नुपर्छ, तपाईहरु मेन्टल्ली तयारी हुनुहोस्।’

अग्नी पीडितलाई ढिलो नगरी राहतको व्यवस्था हुन्छ: गृहमन्त्री

तेह्रथुमको सक्रान्ति बजारमा भएको आगलागीको अबस्थाबारे उपप्रधान तथा गृहमन्त्रि बिमलेन्द्र निधिले निरीक्षण गरेका छन्। उनले आगलागीबाट भएको क्षति र पीडितहरुको अबस्थाका बारेमा जानकारी लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्