१७ असार २०८१ सोमबार
image/svg+xml
अन्य

स्ववियु चुनाबको सुरक्षा मिलाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री निधि। फाइल तस्विर

काठमाडौं—उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबका लागि सबैखाले सुरक्षा मिलाउन सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिएका छन्।

फागुन १४ गतेका लागि स्ववियु चुनाब तय भएको छ। सो चुनाबका लागि अख्तियार गर्नुपर्ने सुरक्षाका विषयमा छलफल गर्न आयोजित कार्यक्रममा गृहमन्त्री निधिले तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई यस्तो निर्देशन दिएका हुन्।

छलफल कार्यक्रममा क्याम्पस प्रमुखहरुले सुरक्षा चुनौती रहेको भन्दै केही दिन पर सारेर जानु पर्ने सुझाव दिएका थिए। गृहमन्त्री निधिले भने सरकारले सुरक्षा दिने भन्दै सार्दा राजनीतिक र शैक्षिक हिसाबले उपयुक्त नहुने बताएका थिए।

छलफलमा तीनवटै सुरक्षा निकायका प्रमुख, उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार र उपत्यकाका क्याम्पस प्रमुखहरुको उपस्थिति रहेको थियो।

गृहमन्त्री निधिले स्ववियू चुनाव गर्ने विषयमा राजनीतिक तहमा छलफल भएको उल्लेख गर्दै मधेशी मोर्चाका नेताहरुसँग समेत यस विषयमा पर्याप्त छलफल भएको जानकारी गराए। छलफल कार्यक्रममा क्याम्पस प्रमुखहरुले सुरक्षा चुनौती रहेको भन्दै केही दिन पर सारेर जानु पर्ने सुझाव दिएका थिए। गृहमन्त्री निधिले भने सरकारले सुरक्षा दिने भन्दै सार्दा राजनीतिक र शैक्षिक हिसाबले उपयुक्त नहुने बताएका थिए।

त्रिवि उपकुलपति डा. तीर्थ खनियाले तोकिएको मितिमै चुनाब गराउनु पर्ने उल्लेख गरेका थिए।

आजै बिहान प्रधानमन्त्री निबास बालुवाटारमा स्ववियू चुनाबका बिषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराई, एमाले नेता रबिन्द्र अधिकारी, माओवादी केन्द्रका हितमान शाक्य, त्रिवि उपकुलपति डा. तीर्थ खनिया, रेक्टर, रजिष्ट्रार लगायतको बैठक बसेको थियो।

सो बैठकले तोकिएकै मितिमा चुनाब गर्न र त्यसका लागि आवश्यक सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्री निधिलाई जिम्मा दिएको थियो।

प्रकाशित: ४ फाल्गुन २०७३ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App