४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

'पूर्वगृहमन्त्री घिमिरेको दुर्घटनामा बाह्य तत्त्वको संलग्नता देखिएन'

पूर्वगृहमन्त्री माधव घिमिरेको सडक दुर्घटनाबारे छानबिन गर्न गठित समितिलेसडकका छेउमा दुर्घटना भइहाले पनि सवारीसाधन नदीमा खस्न रोक्नसक्ने बलियो संरचना निर्माण गर्न सरकारलाई सुझाव दिएको छ।

हामी कसरी राष्ट्रघाती? : गृहमन्त्री निधि

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव दुई तिहाइ मतबाट पारित हुने विश्वास व्यक्त गरेका छन्।

गृहमन्त्री निधिले भने– ‘कि त्रिविबाट हिन्दी विभाग हटाउँ, कि हिन्दीलाई मान्यता दिऊँ’

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने बताएका छन्। तराई–मधेसमा बहुसंख्यक नागरिकले हिन्दी भाषालाई सम्पर्क भाषाको रुपमा प्रयोग गर्ने गरेको, मधेसका नेताहरुले संसदमा समेत हिन्दी भाषा बोल्ने गरेको, केन्द्रबाट नेताहरु मधेस जाँदा पनि हिन्दीमा कुराकानी गर्ने गरेकोले हिन्दीलाई राष्ट्रिय भाषाको मान्यता दिनुपर्ने उनको तर्क छ।

गृहमन्त्री निधिलाई भारतबाट छोराको प्रश्नः बाबा भारू नोट के गरम् ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले पाँच सय र हजारको भारतीय नोटमा लागेको प्रतिबन्धले नेपालीलाई समेत समस्यामा पारेको बताएका छन्। नेपालीसँग भएको भारतीय नोट फिर्ता गर्ने विषयमा पहल गर्नुपर्ने पनि उनले बताए।

उपप्रधान तथा गृहमन्त्री निधि नयाँ दिल्लीमा

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि विपद् जोखिम न्यूनीकरणसम्बन्धी एसियाली मन्त्रीहरुको सम्मेलनमा माग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

यो सरकार ढाल्न महाअभियोग प्रस्तावः गृहमन्त्री निधि

कांग्रेस नेता तथा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा निर्णय गर्ने बेला अहिलै नभइसकेको बताएका छन्।

मुम्वई पुगेर गृहमन्त्री निधीले भने: तीन तहको निर्वाचन गराउनु सरकारको मूख्य कार्यभार

मुम्वई (भारत)- उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधीले नेपाल र भारतबीचको सम्वन्ध अतिद्धिय रहेको भन्दै दुई देशबीच कसैले फाटो ल्याउन नसक्ने दावी गरेका छन्। उनले केपी ओली नेतृत्वको सरकारले भारतसँग मात्रै नभएर नेपाली–नेपाली फुटाउने षड्यन्त्र गरेको आरोप पनि लगाए।

पूर्व गृहमन्त्री घिमिरेका भाइकाे शव भेटियो

यही असोज ९ गते त्रिशूली नदीमा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित बेपत्ता भएका उनका भाइ मोहन घिमिरेको शव आज फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार तनहुँ जिल्लाको देवघाट गाविस–४ बगईस्थित त्रिशूली नदीमा उनको शव भेटिएको हो ।

पूर्व गृहमन्त्री घिमिरे सवार कार दुर्घटनाको छानविन गर्न समिति गठन

मन्त्रिपरिषद बैठकले पूर्व गृहमन्त्री माधव घिमिरे सवार कार दुर्घटना र धादिङ लपाङको बस दुर्घटनाबारे छानविन गर्न पूर्व प्रहरी प्रमुख कुवेर रानाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाउने निर्णय गरेको छ।

घोप्टेभीर दुर्घटना खोजी कार्यमा कुनै कसर बाँकी रहँदैन: गृहमन्त्री निधि

गृहमन्त्री विमलेन्द्र निधिले त्रिशूली नदीमा गाडीसहित बेपत्ता हुनुभएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरे र उनका भाइहरुको खोजी कार्यमा राज्यका तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन्। गएको आइतबार दिउँसो दारेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूलीमा खसी बेपत्ता भएका घिमिरे दाजुभाइको अवस्था बुझ्न यहाँ आएका मन्त्री निधिले सुरक्षा निकायका प्रमुख सामु सो कुरा बताएका हुन्।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे अवस्था बुझ्न गृहमन्त्रीसहितकाे टाेली घटनास्थलमा

आइतबार मुक्तिनाथबाट फर्किँदै गर्दा जीप दुर्घटनामा परी त्रिशुलीमा बेपत्ता भएका पूर्व गृहमन्त्री माधव घिमिरेसहित तीन जनाको अवस्थाबारे बुझ्न गृहमन्त्रीसहितको सुरक्षा निकायका प्रमुखको टोली घटनास्थल पुगेको छ। गृहमन्त्री बिमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल, नेपाली सेनाका रथी वलदेवराज महत, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीसहितको टोली मंगलबार विहान घटनास्थल पुगेको हो।

त्रिशुलीमा बेपत्ता पूर्व गृहमन्त्री घिमिरेकाे खोजी कार्यलाई तीव्रता दिन मन्त्री लेखकको निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन्। र्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए।

पूर्व गृहमन्त्री घिमिरेको खोजी कार्य जारी

आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत चितवनको दाह्रेचोक गाविस–३ घोप्टेभिरबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित उनका तीन दाजुभाइको खोजी कार्य पुनःआज बिहानबाट सुरु भएको छ । दुर्घटनामा परी घिमिरेसहित तीन दाजुभाइ त्रिशूली नदीमा बेपत्ता भएका छन्। घिमिरे उनका भाइ प्रकाश र मोहन घिमिरे बेपत्ता भएका हुन्। गाडी पनि नदीमा बेपत्ता भएको छ ।

जिपमा सवार तीनको मृत्यु, पूर्वगृहमन्त्री घिमिरेसहित तीन बेपत्ता

पूर्वगृहमन्त्री माधव घिमिरेसहित सात जना चढेको जिप आइतबार त्रिशूलीमा खस्दा तीन जनाको निधन भएको छ । घटनामा पूर्वगृहमन्त्री घिमिरेसहित तीन जना बेपत्ता छन् । प्रहरीका अनुसार चालकको जीवितै उद्धार गरिएको छ ।

दुई नम्वर प्रदेशको राजधानी जनकपुर बन्ने सम्भावना बढ्यो: गृहमन्त्री निधि

जनकपुर- उपप्रधान एंव गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरमा उच्च अदालत स्थापना गर्ने निर्णयले जनकपुर प्रस्तावित दुई नम्बर प्रदेशको राजधानी हुने प्रष्ट संकेत गरेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्