४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

बौद्धिक सम्पत्तिको चोरी नियन्त्रण गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले बौद्धिक सम्पत्तिको चोरीलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

गृहमन्त्रीको प्रश्न: सडक बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने ?

गृहमन्त्री जनार्दन शर्माले ट्राफिक ब्यवस्थापन चुस्त बनाउन काठमाडौं उपत्यकाका करिब दुई सय स्थानमा यातायात संकेत बत्ति राख्न दिर्नेशन दिएका छन्।

बढुवामा नेताको सोर्स लगाए कारबाही : गृहमन्त्री

गृहमन्त्री जनार्दन शर्माले बढुवालगायतका सांगठनिक वृत्ति विकासको निर्णयमा राजनीतिक दबाब बढाए कारबाही गर्ने चेतावनी दिएका छन्। बुधबार मन्त्रालयमा सञ्चारकर्मीसँगको भेटमा उनले प्रहरीमा राजनीतिक संरक्षणको मोह देखिएको टिप्पणी गर्दै बढुवालगायतका निर्णयमा फोन गर्न लगाउने प्रवृत्ति नरोकिए सम्बन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका हुन्।

बटुवा कारबाही अभियान, गृहमन्त्रीको निर्देशनमा उल्टियो ट्राफिक अभियान

जथाभाबी सडक काट्ने बटुवासँग दुई सय रुपैयाँ जरिवाना लिँदै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि कारबाही गर्ने शैली फेरेको छ। अब नचाहिँदो किसिमले बाटो काट्ने बटुवासँग जरिवाना नलिइने भएको छ।

प्रहरीको सरुवा, बढुवामा चासो छैनः गृहमन्त्री

प्रहरी प्रधान कार्यालयले नियमित रुपमा गर्ने सरुवाको विषयमा आफूलाई जोडेर गरिएको गलत प्रचारको गृहमन्त्री जर्नादन शर्माले खण्डन गरेका छन्।

गृहमन्त्रीको दबाबमा हेडक्वार्टर तानिए  डिएसपी कार्की

चुनावी झडपका क्रममा जुँगुमा एमाले कार्यकर्ताको हत्या भएको घटनामा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, पूर्व राज्य मन्त्री र जिल्ला अध्यक्ष सहितका नेतालाई हत्या मुद्धा चलाएपछि गृहमन्त्रीको दबाबमा दोलखाका प्रहरी प्रमुख डिएसपी रविन कार्की ‘हेडक्वार्टर’ तानिएका छन्।

चुनौतीका चाङ चिरे गृहमन्त्रीलाई सफलता [समाचार टिप्पणी]

बोलीलाई व्यवहारमा उतार्दै कानुनविपरीतका फर्माइसलाई हुन्न भन्ने आँट मात्र गरे शर्माको छवि थप चम्किने निश्चित छ।

चुनावी सुरक्षा तयारी पूरा :  गृहमन्त्री

गृह मन्त्रालयको नेतृत्व बुधबारदेखि सम्हालेका गृहमन्त्री जनार्दन शर्मासँग चुनावी सुरक्षाबारे नागरिककर्मी केपी ढुंगानाले गरेको कुराकानी:

ढुक्क भएर मतदान गर्नुहोस् : गृहमन्त्री

गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन्। गृहमन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै निधिले निर्वाचन सुरक्षाको लागि कुनै कमि नभएको बताए।

नवमी मनाउन गृहमन्त्री जनकपुरमा

प्रधानमन्त्री समक्ष बुझाएको राजीनामा फिर्ता लिने बित्तिकै गृहजिल्ला धनुषा आएका गृहमन्त्री विमलेन्द्र निधीले पार्टी सभापति र प्रधानमन्त्रीको आग्रहमा बिहीबार पुनःसरकारको जिम्मेवारी सम्हालेको बताएका छन् ।

पार्टीको दबाबपछि निधी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किँदै

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् ।

गृहमन्त्री निधिको राजीनामा

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावप्रति असन्तुष्टि जनाउँदै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन्।

गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन्। नागरिकन्युजसँग कुरा गर्दै उनले आफूले पद त्यागेको बताए। 'हो मैले राजीनामा दिको हुँ', उनले भने। प्रधान न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको केही घन्टापछि नै गृहमन्त्रीको राजीनामा आएको हो। नेपाली कांग्रेसका नेता निधि प्रधान न्यायाधीशलाई महाअभियोग लगाउने प्रस्तावको विपक्षमा रहेको स्रोतले दाबी गर्‍यो।

गृहमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी

वरियता विवादका कारण चैतदेखि मन्त्रिपरिषद बैठकमा अनुपस्थित हुँदै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आइतबारको बैठकमा सहभागी भएका छन्।सभापति शेरबहादुर देउवाले निर्वाचनको माहोल बिग्रने भन्दै बैठकमा सहभागी हुन निर्देशन दिएपछि उनी बैठकमा गएका हुन्।

चुनाव बिथोले कडा कारबाही : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आसन्न स्थानीय तहको निर्वाचन बिथोल्न खोज्ने जोकोहीलाई कडा कारबाही गरिने बताएका छन्। धुलिखेलमा शुक्रबार आयोजित मध्यमाञ्चल क्षेत्रीय सुरक्षा सम्मेलनमा उपप्रधानमन्त्री निधिले उक्त कुरा बताएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्