६ आश्विन २०८१ आइतबार
image/svg+xml

पहिरोले दुई दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध

पहिरो पन्छाउने काम भइरहेपछि लगातार पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सुर्खेतबाट गएका र जुम्ला, मुगुबाट आएका सवारी साधनहरु राजमार्गमा अलपत्र परेका छन्।

पहिरोले घर पुर्दा एकको मृत्यु

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक माधव श्रेष्ठका अनुसार कालिकोटको महावै गाउँपालिका–७ राम्रीकी १८ वर्षीया स्मृति अधिकारीको पहिरोले घर पुरिँदा मृत्यु भएको हो।

प्रदेश अस्पतालमा अब अतिरिक्त सेवा

प्रदेश अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत विहान सात बजेदेखि नौ बजेसम्म बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, छाला, सौन्दर्य तथा यौनरोग, मानसिक रोग सेवा उपलब्ध गराउने छ।

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन्।

कर्णालीमा डुङ्गा पल्टिँदा एक युवती बेपत्ता

प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताए। डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए।

कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन

महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उनले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताए।

डाक्टर पढाउँदै कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले कर्णालीका १० जिल्लामा पाँच–पाँच जनालाई डाक्टर पढाउन छात्रवृत्ति दिने भएको छ।

कांग्रेस महाधिवेशन: कर्णालीमा संस्थापन समूह अघि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत कर्णालीका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। जिल्ला अधिवेशन सम्पन्न भएका हुम्ला, कालिकोट र मुगु मध्ये दुई जिल्लामा संस्थापन (शेरबहादुर देउवा) समूह र एक जिल्लामा रामचन्द्र पौडेल समूह विजयी भएको छ।

एउटै जिल्लाका सातजना सिडिओ

सरकारले आइतबार ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि यस्तो संयोग देखिएको हो। रसुवामा सरुवा भएका पाण्डेले निजामती क्षेत्रमा एउटा संयोग देखिएको बताए।

कोरोनाबाट मृत्यु भएका डाक्टरको सम्झनामा सालिक निर्माण

कोरोना संक्रमित नागरिकहरुको उपचार गर्दागर्दै आफै संक्रमित भएर मृत्यु भएका कर्णाली प्रदेश अस्पतालका डाक्टर हरि सापकोटाको सम्झनामा सालिक निर्माण गरिएको छ। अस्पताल प्रशासनले डा. सापकोटाको नामबाट अर्थोपेडिक वार्डको नामाकरण गरेको छ।

तलव नपाएको भन्दै कर्मचारी आन्दोलित

कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु तलव नपाएको भन्दै आन्दोलित भएका छन्।

कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो

कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ।

कांग्रेस पालिका अधिवेशन: कर्णालीमा पौडेल पक्ष हावी

कर्णाली प्रदेशको डोल्पा र सुर्खेत बाहेकका सबै जिल्लाका स्थानीयतहमा काँग्रेस अधिवेशन सकिएको छ। क्रियाशिल सदस्यता विवादका कारण सुर्खेत र डोल्पा गरेर १७ स्थानीयतहमा अधिवेशन हुन सकेको छैन।

विकास ओसार्दै कर्णाली सडक

स्थानीय भन्छन्– मोटर हाम्रा लागि बरदान बनेका छन्। दुःख बोकेर बाहिरिन्छन्, विकास बोकेर भित्रिन्छन्। कर्णालीमा मोटरसँगै विकास पनि भित्रिएको छ। जीवन निर्वाह गर्न पुरुषहर कालापहाड जानुपर्ने बाध्यता हट्दै जान थालेको छ। सडक खुलेपछि गाउँमै रोजगारी सिर्जना भएको छन्। यो सुखद पक्ष हो।

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्