५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस पालिका अधिवेशन: कर्णालीमा पौडेल पक्ष हावी

नेपाली कांग्रेसको १४औं महाधविेशनअन्तर्गत स्थानीय तहमा नेतृत्व चयन गर्ने कार्य चलिरहेको छ। कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ८ जल्लिाका ६२ वटा पालकिामा अधधिवेशन सकिएको हो। कर्णाली प्रदेशको डोल्पा र सुर्खेत बाहेकका सबै जिल्लाका स्थानीयतहमा काँग्रेस अधिवेशन सकिएको छ। क्रियाशिल सदस्यता विवादका कारण सुर्खेत र डोल्पा गरेर १७ स्थानीयतहमा अधिवेशन हुन सकेको छैन।  

कर्णाली प्रदेशमा पनि वडाबाटै काँगे्रस सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीचमा कडा प्रतिश्प्रर्धा देखिएको छ। सहमतिका आधारमा टुंगिएका पालिकामा बहुमतका आधारमा नेतृत्व छनौट गरिएको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कार्मा बुढाले जानकारी दिए।  

उनका अनुसार कर्णालीमा ६२ स्थानीयतहमा अधिवेशन सकिएकोमा ३४ स्थानीयतहमा पौडेल पक्षका सभापति चयन भएका छन्। २७ पालिकामा देउवा पक्षका सभापति चुनिएका हुन्। जाजरकोट भेरी नगरपालिकाका सभापति शशि बुढा दुबै पक्षमा नखुलेको काँग्रेस जाजरकोटले जनाएको छ।  

जुम्लामा एक नगरपालिका सहित ८ वटा स्थानीयतह छन। जसमध्ये ६ वटा स्थानीयतहमा पौडेल पक्षका सभापति चुनिएका छन। ६ वटा स्थानीयतहमा सहमतिमा सभापति टुगिंएको थियो। दुई स्थानीयतहमा निर्वाचन भयो। चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा निर्वाचन भएको थियो।  

पौडेलले समूहले चन्दननाथ नगरपालिका, कनकासुन्दरी,हिमा, तिला,तातोपानी र पातारासी गाउँपालिकामा सभापति जितेको हो। चन्दननाथमा रवि थापा, कनकासुन्दरीमा लालु बुढा, हिमामा नरबहादुर शाही, तिलामा भक्तबहादुर रोकाया, तातोपानीमा धनप्रसाद चौलागाँइ र पातारासीमा गोर बहादुर बोहोरा चुनिएका हुन्।  

गुठिचौर गाउँपालिका र सिँजा गाउँपालिकामा देउवा समुहका सभापति चुनिएका हुन्। गुठचिौरमा टेकबहादुर भण्डारी र सिँजा गोवन्दि शर्मा सभापतिमा चयन भए। यो अधिवेशनले जुम्लामा देउवा पक्ष भन्दा पौडेल पक्ष बलियो देखिएको हो।  

हुम्लाका  सर्केघाट गाउँपालिका बाहेक सबै स्थानीयतहमा सहमतिका आधारमा नेतृत्व चयन भएको छ। यहाँ ७ वटा स्थानीय तह छन्। हुम्लाका ७ स्थानीयतहमा  ६ वटा स्थानीयतहमा देउवा पक्षले नेतृत्व लिएको छ। एउटा पालिका मात्र रामचन्द्र पक्षले जितेको छ। देउवा पक्षले सिमिकोट, खार्पुनाथ, ताँजाकोट, अदानचुली, चंखेली र नाम्खा गाउँपालिकामा जितेको हो।  सर्केगाड गाउँपालिकाको नेतृत्व पौडेल पक्षले हात पारेको काँग्रेस जुम्लाका सभापति जयपति रोकायाले जानकारी दिए।  

उनका अनुसार सिमिकोटमा धर्मराज रोकाय, खार्पुनाथमा टेकबहादुर शाही, ताँजाकोटमा कृष्णबहादुर मल्ल, अदानचुलीमा बिष्णु भण्डारी, चंखेलीमा नरबहादुर भण्डारी र नाम्खामा सोनम लामा सभापत चयन भएका छन्। सर्केगाड गाउँपालकिामा पौडेल पक्षका धनराज शाही ७० मत सहित सभापतमिा चयन भएको उनले बताए। मुगु जिल्लाका ४ स्थानीयत तहमध्ये तीन स्थानीयतहमा सर्वसहमतिबाट सभापति चयन भएको छ। 

छाँयानाथ रारा नगरपालिकामा मात्र निर्वाचन भएको थियो।  सोरु, खत्याड  र मुगु कार्मारोङ गाउँपालिकामा देउवा पक्षीय सभापति चुनिए। छाँयानाथ रारा नगरपालकिामा भने पौडेल पक्षीय सभापति चयन भएका हुन्। सोरुमा कुवेरजंग शाही, खत्याडमा लोकराज दाहाल र मुगु कार्मारोङमा गारा तामाङ सहमतिमा सभापति चयन भएका हुन्।

कालीकोट जिल्लाका स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएका छन्। जिल्लाको ९ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस कालिकोटले जनाएको छ। नौँ स्थानीय तहमध्ये ७ वटामा वरष्ठि नेता रामचन्द्र पौडेल पक्षले नेतृत्व हात पारेको छ। दुईवटा पालिकाको नेतृत्वमा देउवा पक्षका नेता चुनिएका छन्।  

पौडेल पक्षले तिलागुफा, खाँडाचक्र नगरपालिका, पालाता, पचालझरना, सानी त्रिबेणी, महाबै र शुभकालिका गाउँपालिकामा नेतृत्व हातमा पारेका हुन्। रास्कोट नगरपालिका र नरहरीनाथ गाउँपालकिाको नेतृत्व देउवा पक्षले लिएको छ।  

काँग्रेस सभापति हर्ष बमका अनुसार तिला गुफामा धीरेन्द्र थापा, खाँडाचक्रमा भानुभक्त शर्मा आचार्य, पलातामा धीरबहादुर बम, पचालझरना गाउँपालिकामा प्रजापति संज्याल, सान्नी त्रिवेणीमा वीरेन्द्र केसी, महाबैमा पुराधी अधिकारी र शुभकालिकामा दीर्घबहादुर शाही सचयन भएका हुन्। रास्कोट नगरपालिकामा वीर फर्साल र नरहरीनाथ गाउँपालिकामा रामबहादुर बटाला सभापतिमा चयन भएका हुन्।  

११ स्थानीय तह रहेको दैलेखमा ६ वटा स्थानीय तहमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय चयन भएका छन्। पाँच वटा स्थानीय तहमा भने देउवा पक्षीय सभापति आएको हुन्। पौडेल पक्षको बलियो पकड क्षेत्र मानएिको पाँच वटा स्थानीयतह नारायण नगरपालिका, चामुण्डा विन्द्रासैनी नगरपालिका, दुल्लु नगरपालिका, आठवीस नगरपालिका र डुङ्गेश्वर गाउँपालिका देउवा पक्षले आफ्नो वर्चश्व जमाएको छ। देउवा समुहबाट नारायणमा मनोज थापा, चामुण्डामा जगतबहादुर शाही, डुङ्गेश्वरमा भीमबहादुर भट्ट, दुल्लुमा लालबहादुर रावत र आठवीसमा अर्जुनबहादुर शाही सभापतिमा निर्वाचित भएका हुन्।  

पौडेल समूहले जिल्लाको महावु, गुराँस, ठाँटीकाँध, भगवतीमाई , भैरवी र नौमुले गाउँपालिकामा जीत हात पारेको हो। जसमध्ये महावुमा कर्णबहादुर शाही, गुराँसमा चन्द्रबहादुर भट्टराइ, ठाँटीकाँधमा बिष्णुप्रसाद रिजाल, भगवतीमाईमा खगेन्द्रबहादुर शाही, भैरवीमा हेमलाल जैसी र नौमुलेमा गंगबहादुर शाही सभापतिमा चयन भएका हुन्।  

जाजरकोट जिल्लामा देउवा र पौडेल पक्ष बराबरी देखिएका छन्। जाजरकोटका सात वटै पालिकाको नेतृत्व चयन भएको छ। जिल्लाको जुनीचाँदे गाउँपालिका र भेरी नगरपालिकामा चुनाव भएको नेपाली कांग्रेस जिल्ला सभापति दीपकजंग शाह बताए। जिल्लाको जुनीचाँदे, शिवालय गाउँपालिका र छेडागाड नगरपालिकामा देउवा पक्षीय सभापति चएन भएका छन्। जुनीचाँदेमा वीरेन्द्र बहादुर शाही, शिवालयमा जस्वरी वली र छेडागाडमा टोपेन्द्र अधिकारी भएका हुन्।  

भेरी नगरपालिकामा शशि बुढा सभापति बनेका हुन्। उनी कुनै पनि समुहमा खुलेका छैनन।   नलगाड नगरपालिकामा जय बहादुर सिंह, बारेकोट गाउँपालिकामा रामचन्द्र ज्योति र कुशे गाउँपालिकामा  अमेर बहादुर थापा पौडेल पक्षका हुन्।  

सल्यानमा नेपाली कांग्रेसको दुवै समूह बराबरी अवस्थामा देखएिको छ। १० स्थानीय तह भएको सल्यानमा पाँच पाँच तहमा सभापति भएका हुन्। सल्यानका ८ स्थानीय तहमा निर्वाचन भएको थियो। दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको कांग्रेस सल्यानका सभापती गणेश चन्दले जानकारी दिए।

देउवा समूहले त्रिवेणी , बनगाड कुपिण्डे, बागचौर, छत्रेश्वरी र कुमाख गाउँपालिकामा जीत हात पारेको छ। देउवा समूहबाट बागचौरमा दीपेश डिसी, बनगाडमा पुरुषोत्तम आचार्य, छत्रेश्वरीमा सीता केसी, त्रिवेणीमा गंगाराम पुन र कुमाखमा ईश्वरी शाही सभापतिमा चयन भएका छन्।  

पौडेलले समूहले सिद्धकुमाख, शारदा, कपुरकोट, कालीमाटी गाउँपालिका र दार्मा गाउँपाकिलामा जीत हात पारेको छ। जसमध्ये शारदामा दीपक हमाल, कपुरकोटमा यज्ञराज वली, कालीमाटीमा गणेश केसी, दार्मामा कृष्ण वली र सिद्धकुमाखमा वीरबहादुर बुढाथोकी सभापति चयन भएका छन।  

रुकुम पश्चिममा जिल्ला सदरमुकाम मुसीकोटबाहेक सबै पालिकामा सहमतिमा नेतृत्व चयन गरएिको जल्लिा उपसभापती धीरेन्द्र कुमार बटालाले जानकारी दिए। ६ वटा स्थानीय तह भएको रुकुम पश्चिममा संस्थापन पक्षभन्दा पौडेल पक्ष बलियो देखिएको छ।

चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, आठबीसकोट नगरपालिकामा अमृत बोहरा, बाँफीकोट गाउँपालिकामा जनककुमार बाँठा, त्रिवेणीमा गाउँपालिका दीपेन्द्र वली र सानीभेरी गाउँपालिकामा सन्तोष रोका सभापतीमा सर्वसम्मत निर्वाचित भएका हुन्। मुसीकोटमा भने सहमती नजुट्दा चुनाव गर्नुपरेको थियो। मुसीकोट नगर सभापतिमा समरिजंग मल्ललाई पराजति गर्दै देउवा पक्षका प्रेम वली विजयी भएका छन्। 

प्रकाशित: १३ आश्विन २०७८ ०६:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App