१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: कर्णालीमा संस्थापन समूह अघि

जिल्ला अधिवेशन सम्पन्न भएका कर्णालीका हुम्ला र मुगुमा संस्थापन समूह र कालिकोटमा पौडेल समूह विजयी भएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत कर्णालीका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। जिल्ला अधिवेशन सम्पन्न भएका हुम्ला, कालिकोट र मुगु मध्ये दुई जिल्लामा संस्थापन (शेरबहादुर देउवा) समूह र एक जिल्लामा रामचन्द्र पौडेल समूह विजयी भएको छ।

बिहीबार सार्वजनिक भएको मुगुको मतपरिणाम अनुसार सभापतिमा संस्थापन समूहका ऐनबहादुर शाही विजयी भएका छन्। उनले पौडेल समूहका खड्गबहादुर शाहीलाई पराजित गरे। ऐनबहादुर ५७ मत अन्तरले विजयी भएका हुन्। 

निर्वाचन समितिका अनुसार जम्मा खसेको ७७१ मत मध्ये संस्थापन समूहका ऐनबहादुरले ४०६ मत प्राप्त गरे भने पौडेल समूहका खड्कबहादुरले ३४९ मत ल्याए। खसेका मध्ये १५ म तबदर भएका थिए। ४२ सदस्यीय जिल्ला कार्य समितिमा छ जना मात्रै पौडेल समूहका विजयी भएका छन्। एक उपाध्यक्ष, एक सहसचिव र चार जना सदस्यबाहेक बाँकी कार्यसमिति संस्थापन समूहले जितेको छ।  

दुई उपसभापति मध्ये एक संस्थापन र एक पौडेल समूहले जितेको छ। संस्थापन समूहका कर्णबहादुर रावल विजयी भए भने पौडेल समूहका हरिजंग शाही उपसभापतिमा पजयी भएका छन्। यस्तै दुई वटै सचिव पदमा संस्थापन समूहका उम्मेदवार विजयी भएका छन्। सचिवमा लोकेन्द्र मल्ल र जन्मजय भट्टराई विजयी भएको निर्वाचन समितिले जनाएको छ। सहसचिवमा एक जना संस्थापन र एक जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन्। संस्थापनबाट शैलेन्द्र मल्ल र पौडेल समूहबाट उर्गेन लामा विजयी भएका छन्।

यस्तै महाधिवेशन प्रतिनिधिमा पनि संस्थापन समूहले वर्चश्व कामय गरेको छ। चार महिला सदस्य मध्ये तीन जना संस्थापन र एक जना पौडेल समूहका उम्मेदवार विजयी भएमा छन् भने खुल्ला १० जना प्रतिनिधि मध्ये सात जना संस्थापन समूह र तीन जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन्। यस्तै समावेशीतर्फका ११ जना महाधिवेशन प्रतिनिधि मध्ये छ जना संस्थापन र पाँच जना पौडेल समूहका विजयी भएका छन्।  

यस्तै हुम्लाको सभापतिमा संस्थापन समूहका मोहनविक्रम सिंह निर्वाचित भएका छन्। सातौं जिल्ला सभाबाट सिंह सर्वसम्मत सभापति चयन भएका हुन्। निर्वाचन समितिका अनुसार उपसभापतिमा कैलाश भण्डारी र वशन्त रोकाय निर्वाचित भएका छन् भने सचिवमा विजया बुढा र कृष्णबहादुर बोहरा निर्वाचित भएका छन्। हुम्लाको जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा एकलौटी संस्थापन समूह छ।  

यस्तै कालिकोटको जिल्ला सभापतिमा अम्मबहादुर शाही सर्वसम्मत चयन भएका छन्। उनी पौडेल समूहका हुन्। कालिकोटमा वडादेखि जिल्ला नेतृत्व चयन सर्वसम्मत भएको हो। कांग्रेस कालिकोटको उपसभापतिमा संस्थापन समूहका मिन बोगटी र पौडेल समूहका नन्द शाही चयन भएका छन् भने सचिवमा संस्थापन समूहका मात्रिका सिंह र पौडेल समूहका नगेन्द्र विष्ट चयन भएका छन्। सहसचिवमा संस्थापन समूहका भरतबहादुर विष्ट र मधुरा जैसी चयन भएका छन्। महाधिवेशन प्रतिनिधिमा संस्थापन समूहका १६ जना र पौडेल समूहबाट सभापतिसहित १० जना चयन भएका छन्।

प्रकाशित: २१ आश्विन २०७८ ०६:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App