८ पुस २०८१ सोमबार
image/svg+xml

महिला स्वास्थ्य स्वयंसेविका : पहिले औषधि, अहिले सुझाव

कालिका गाउँपालिका–५ ज्याङलाङकी अन्जिता तामाङको घरमा महिनामा करिब १५ जना बिरामी पुग्छन्। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। उनले स्वयंसेविकाको रूपमा काम गर्न थालेको १३ वर्ष भयो। दुई वर्षअघिसम्म उनले घरमा आएका बिरामीलाई औषधि दिने गर्थिन्। सामान्य चोटपटक लाग्दा, ज्वरो आउँदा, झाडापखाला लाग्दा उनको घरमा पुग्ने बिरामी अझै घटेका छैनन्। तर २०७४ साउनदेखि स्वास्थ्य संस्थाले औषधि उपलब्ध गराउन छाडेपछि घरमा पुगेका बिरामीलाई फर्काउनुको विकल्प छैन।

आयोगद्वारा प्रतिवेदन सरकारलाई हस्तान्तरण

प्रदेश नं २ को सरकारले गठन गरेको प्रदेश प्रशासनिक संरचना सुझाव आयोगले आज आफ्नो प्रतिवेदन मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेको छ।

समाजवादलाई आत्मसात् गर्ने बजेट ल्याउन बाबुरामकाे सुझाव

दिगो विकास र सामाजिक न्यायमा आधारित अर्थनीति अख्तियार गर्न पनि जरुरी रहेको भन्दै उनले संसदको अर्थसमितिले बजेटका सम्बन्धमा बुझाएको प्रतिवेदनका विषयलाई पनि समावेश गर्न आग्रह गरे। चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८ प्रतिशत हुने विषय सकारात्मक रहेको भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले संघीयता कार्यान्वयन सकारात्मक भए पनि सन्तुलित बनाइनुपर्ने आवश्यकतामा जोड दिए।

सरकारलाई दिउँसै सपना नदेख्न बालकृष्ण खाँडको सुझाव

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारलाई दिउँसै सपना देख्ने काम नगर्न सुझाव दिएका छन्। संघीय संसद प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुदै उनले गर्नै नसक्ने कार्यक्रमहरु ल्याएर सरकारले दिउँसै सपना देख्ने काम गरेको भन्दै त्यसो नगर्न सुझाव दिएका हुन्।

नागरिकता विषयमा गृहमन्त्रीलाई पूर्वसांसद मञ्चको सुझाव

पूर्वसांसद मञ्च नेपालले नेपाली नागरिकले सनाखत गरेका आधारमा नागरिकता दिने व्यवस्था गर्न नहुनेलगायत सुझावपत्र आज गृहमन्त्री रामबहादुर थापालाई बुझाएको छ।

मुख्यमन्त्रीले प्रदेश नामाकरणबारे प्रतिवेदन बुझे

प्रदेश २ को नामाकरण र स्थायी राजधानीको लागि स्थान छनौट गर्न गठन गरिएको संवाद तथा सुझाव आयोगले बिहीबार मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिवेदन बुझाएको छ।

'व्यापार घाटा नियन्त्रण गर्न अनुगमन आवश्यक'

बढ्दो व्यापार घाटा चुनौतीपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जिबी नेपालले बताएका छन्।

अर्थले बजेटका लागि सुझाव माग गर्‍यो

अर्थ मन्त्रालयले वार्षिक बजेट तथा राजस्व नीति तथा कार्यक्रम तर्जुमा गर्न सूचना माग गरेको छ। बजेट तथा कार्यक्रमका लागि सुझाव दिन चाहने संघ संस्था, सरकारी निकाय, वुद्धिजिवी तथा सरोकारवालाहरूले विद्यमान ऐन कानुन, नीति नियमको अधिनमा रहेर सुझाव दिनुपर्नेछ।

समस्या समाधान सुझाव समितिले बुझायो प्रतिवेदन

'उद्योग व्यवसाय क्षेत्रका समस्याको समाधानको लागि सुझाव पेस गर्न गठित समिति’ले आफ्नो प्रतिवेदन बुझाएको छ। राजधानीमा शुक्रबारदेखि सुरु हुन लागेको लगानी सम्मेलनको अवसर पारेर समितिले सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको हो।

लगानीकर्तालाई अवसरै अवसर

नेपाललाई विश्वका लगानीमाझ ‘प्रमोसन’ गर्न सुनौलो अवसर आएको छ। स्थिर सरकार आएपछि लगानी सम्मेलन हुँदैछ। विगतको लगानी सम्मेलनभन्दा अहिले फरक अवस्था छ। उद्योग, व्यवसायसँग सम्बन्धित ऐन, कानुन नयाँ आएका छन्।

प्रोष्टेट परीक्षण गर्न विज्ञको सुझाव

समय समयमा प्रोष्टेट परीक्षण गर्न विज्ञहरूले सुझाव दिएका छन्। उमेर छिप्पिदै जाँदा पुरुषमा देखापर्ने यो रोग समयमै परीक्षण गर्न सके दीर्घकालीन समस्याबाट मुक्त हुन सकिन्छ। प्रोष्टेट पुरुषमा जन्मदेखि नै हुने अङ्ग हो। पिसाब नली र पिसाबथैलीको बीचमा प्रोष्टेट हुन्छ।

माविसम्म एकै खालको प्राविधिक तथा व्यवसायिक शिक्षा दिन सुझाव

सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिमसम्बन्धी भावी नीति र संस्थागत संरचनाको सुझाव दिन गठन गरेको उच्चस्तरीय कार्यदलले प्राविधिक शिक्षा माध्यामिक तहसम्म एउटै प्रकारको हुनुपर्ने सुझाएको छ।

मिश्रित निर्वाचन प्रणाली अपनाउन र पदाधिकारी मनोनित प्रावधान हटाउन सुझाव

कांग्रेसमा सभापतिलाई बलियो बनाएर लैजाने कि सामूहिक वा मिश्रित प्रणालीबाट जाने भन्ने बिषयमा बहस चलिरहँदा प्रदेश ५ का विभिन्न जिल्लाका नेताले मध्यमार्गी बाटो अपनाउनु पर्नेमा जोड दिएका छन्। विधान संशोधन सुझाव संकलनको प्रदेश ५ को भेलामा सहभागी जिल्ला सभापति, महाधिवेशन तथा महासमिति सदस्य र भातृ, भगिनी संस्थाका सभापतिहरुले सभापतीय तथा एकल संक्रमणीय निर्वाचन पद्धति तथा सामूहिक नेतृत्व पद्धतिमध्ये मिश्रित प्रणालीलाई अवलम्बन गर्दै पार्टीलाई कार्यकर्ता केन्द्रित गराउनुपर्ने सुझाव दिएका हुन्।

‘सातदेखि दश वर्षसम्मका छोराछोरीलाई सँगै नसुताउने’

समाजमा दिन प्रतिदिन बलात्कार र हत्या हिंसाका घटना बढ्दै गएका छन्। विगतको वर्ष भन्दा अहिले ३० प्रतिशतले समाजमा बलात्कार बढेको छ भने समाजिक अपराध ४० प्रतिशतले वृद्धि भएको छ। २०७४/२०७५ मा विगतको भन्दा ४ हजार ४ सय ४५ भन्दा बढी महिला बलत्कृत भएका छन्। औसतमा दैनिक ३ जना भन्दा बढी महिला बलात्कार हुने गरेको छ।

बिम्स्टेक सम्मेलन : प्राथमिकता निर्धारण गर्न प्रधानमन्त्रीलाई आग्रह

बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ। कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध केही व्यक्तित्वले अाइतबार साँझ प्रधानमन्त्री ओलीलाई उहाँको निवास बालुवाटारमा भेटी बिम्स्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्