३ आश्विन २०८१ बिहीबार
image/svg+xml

त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा

त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको त्रिवि अतिरिक्त कक्षा व्यवस्थापनको निर्देशिका २०७७ खारेजीको माग गर्दै त्रिवि आंशिक प्राध्यापक संघ आन्दोलनमा उत्रेका छन्।

प्राध्यापक संघ‌‌द्वारा महँगी भत्ता माग

नेपाल प्राध्यापक संघ‌‌ले मूल्य वृद्धिको अनुपातमा प्राध्यापक तथा कर्मचारीलाई तत्काल महँगी भत्ताको व्यवस्था गर्न माग गरेको छ । संघ‌‌ले आज त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पठाइएको २० बुँदे ज्ञापनपत्रमा प्राध्यापकहरुको नयाँ मर्यादाक्रम कार्यान्वयनमा आउनुपर्ने, अवकाशको उमेर हद ६५ बनाइनुपर्ने, प्राध्यापकहरुको सेवा सुविधा सार्कस्तरीय हुनुपर्ने, स्वास्थ्योपचार सुविधालाई सेवानिवृत्त भएपछि पनि यथावत् कायम राखिनुपर्नेलगायत छन् ।

‘नियम मिचिएको’ नियुक्तिविरुद्ध प्राध्यापकहरू आन्दोलित

त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले नियम मिचेर अवैधानिक रूपमा त्रिवि वनविज्ञान अध्ययन संस्थानको सहायक डिन र पोखरलश्रक्याम्पस प्रमुख नियुक्त गरेको भन्दै प्राध्यापकहरू आन्दोलित बनेका छन्।

प्राध्यापक बन्न राष्ट्रिय योग्यता परीक्षा अनिवार्य

प्रस्तावित इलिजिबिलिटी–टेस्टले प्राध्यापकहरूको ल्याकत जाँच गर्ने हो। यसले वियमा कायम रहेको दलीय भागबन्डा अन्त्य गरी सही व्यक्ति विश्वविद्यालयमा प्रवेश गर्ने प्रत्याभूति दिन्छ।

आन्दोलनकारी प्राध्यापक चाहिँदैन : ओली

प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले प्राज्ञिक स्थलमा कुनै पनि हिसाबले बन्दहडताल हुन नहुनेमा जोड दिएका छन्।

पश्चिम रोल्पाको एक मात्र क्याम्पस: ४ जना प्राध्यापक, ५ जना विद्यार्थी

पढाउने शिक्षक र विद्यार्थीको संख्या बराबरजस्तै छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त पश्चिम रोल्पाको एक मात्र क्याम्पसमा चार जना मात्र शिक्षक छन् भने नियमित पढ्न आउने पनि त्यस्तै ४/५ जना मात्र हुन्छन्।

पत्रकारिताको नशामा डुब्ने प्राध्यापक

प्राध्यापक पी खरेल पत्रकारिता जगतमा नौलो नाम हैन । २००९ सालमा काभ्रेको खरेलथोकमा जन्मिएका खरेलको अक्षर चिन्ने कार्य गाउँमै भयो । बुबा गणेशप्रसाद खरेल २०१६ सालमा संसद्को महासभा सदस्य भएकाले पनि छोराछोरीलाई शिक्षा दिलाउनुपर्नेमा सचेत थिए ।

रोमान्टिक प्राध्यापक

त्यो बेला गाउँमा स्कुल थिएनन्। त्यसैले उनी आफ्ना बुवाका मावली घिमिरेहरूको बसोबास रहेको इलाम सलकपुरमा स्कुले विद्या सुरु गरे तरपछि विराटनगर झरे।

कलेजले भर्ना लिन नमानेपछि...

प्राध्यापक हरि शर्मा राजनीतिक विश्लेषक, पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको कार्यकालमा राजनीतिक सल्लाहकार भएर काम गरिसकेका बहुचर्चित व्यक्तित्व हुन्।

डिन पाठकलाई कारबाही गर्न माग

भ्रष्टाचार प्रकरणमा मुछिएका पूर्वाञ्चल विश्वविद्यालयका डिन शुभनारायण पाठकलाई निलम्बन गर्न प्राध्यापकहरूले माग गरेका छन्। ७८ लाख घुस प्रकरणका क्रममा अख्तियारका आयुक्त राजनारायण पाठकलाई घुसको सेटिङ मिलाउने भूमिका निर्वाह गरेको आरोप लागेका डिन पाठकलाई निलम्बन गर्न पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूले माग गरेका हुन्।

‘जुसे करार’ को अवरोधले चुनाव प्रभावित

त्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षण सहायकहरूको अवरोधका कारण त्रिवि प्राध्यापक संघको अधिवेशन प्रभावित भएको छ। करार सेवामा कार्यरत स्वतः स्थायी हुुनुपर्ने माग पूरा गराउने प्रतिवबद्धता नगरेसम्म चुनाव हुन नदिने अडान लिएपछि शुक्रबार चुनाव हुन नसकेको हो।

सेवा अवधि ६५ वर्ष पु-याउन प्राध्यापकको चलखेल

उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका केही प्राध्यापकहरु सेवा अवधि बढाउन चलखेल गर्न थालेका छन्।

बंगलादेशी प्राध्यापककाे हत्याका संलग्न दुईलाई मृत्युदण्ड

दुई वर्षअघि हत्या गरिएका एक विश्वविद्यालयका प्राध्यापकको हत्यामा संलग्न रहेको प्रमाणित भएपछि बंगलादेशको एउटा अदालतले मंगलबार दुई लडाकुलाई मृत्युदण्ड तोकेको छ भने अन्य तीनलाई आजीवन जेल सजाय तोकेको सरकारी वकिलले बताएका छन्।

चीनले नेपालमा पार्टी विशेषलाई सघाएको छैन : प्राध्यापक सियाओ

रेनमिन विश्वविद्यालय अफ चीन, अन्तर्राष्ट्रिय अध्ययनका निर्देशक प्रा.चेन सियाओले सोमबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा भने, ‘चीनले नेपालका सबै राजनीतिक पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्छ। कुनै अमुक पार्टीलाई चीनको सहयोग रहँदैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्