२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

लेखा समिति सभापतिमा माओवादीका उपाध्याय विजयी

सात महिनापछि लेखा समितिले सभापति पाएको छ। सोमबार भएको मतदानबाट कांग्रेस- माओवादीका संयुक्त उम्मेदवार डोरप्रसाद उपाध्याय सभापितमा विजयी भएका हुन्।

प्रविधिमैत्री बन्दै दल, माओवादी केन्द्र पछाडि

सूचना प्रविधि विस्तारसँगै राजनीतिक दलहरूले पनि आफूलाई प्रविधिमैत्री बनाउन थालेका छन्। दलहरूले विशेषतः इन्टरनेट प्रविधि उपयोग गर्दै पार्टी सञ्जाल विस्तार गर्न लागेका हुन्। दलहरूले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जाललाई नियमित अपडेट गर्न थालेका छन्।

माओवादी र कांग्रेससँग मोर्चा रुष्ट

सर्वोच्च अदालतको आदेशपछि संशोधनलाई तत्काल प्रक्रियामार्फत टुंगो लगाउन मोर्चा र गठबन्धलने सत्तासीन दललाई दबाब दिने भएका छन्

माओवादीलाई २६ लाख घाटा

सत्तारुढ माओवादी केन्द्रले निर्वाचन आयोगमा पार्टीलाई गत वर्ष २६ लाख रुपैयाँ घाटा लागेको विवरण बुझाएको छ। केन्द्रले बुझाएको  विवरणमा अघिल्लो आर्थिक वर्ष पार्टीको आम्दानी २ करोड ८८ लाख ३३ हजार ३ सय २५ रुपैयाँ १५ पैसा र घाटा २६ लाख १२ हजार ३ सय ८ रुपैयाँ ३१ पैसा रहेको विवरण छ।

माओवादी केन्द्रको पाँच नम्बर प्रदेशको नयाँ प्रस्ताव

संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि प्रदेश नं ५ मा विभिन्न पक्षले आन्दोलनमा होमिएको समयमा नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो ।

नेपाल प्रहरीको रियालिटी शो ‘पहुँच’को विजेता पूर्व माओवादी ज्ञानबहादुर

पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा नेपाल प्रहरी र नागरिकको पहिलो रियालिटी गेम शो ‘पहुँच’ को विजेता घोषित भएका छन्। सर्च फर कमन ग्राउण्डले तयार गरिरहेको १३ भागको ‘पहुँच’ रियालिटी शोमा राष्ट्रिय बास्केटबल खेलाडी माया स्याङतेन र मोडल पर्बिना दहित फस्ट रनर अप र सेकेन्ड रनरअप घोषित भएका छन्।

माओवादी केन्द्र स्थानीय निकायको निर्वाचनमा केन्द्रित

नेकपा (माओवादी केन्द्र)ले स्थानीय निकायको निर्वाचनमा केन्द्रित गर्दै सङ्गठनात्मक संरचना तयार गर्ने भएको छ । सरकारले आगामी चैतको अन्तिम साता स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बेला निर्वाचनलाई नै केन्द्रित गरेर सङ्गठनात्मक संरचना एवम् नीति तथा कार्यक्रम तयार पार्ने तयारी गरिरहेको पार्टीले जनाएको छ ।

स्थानीय निकायको निर्वाचन घोषणा गर्नुपर्ने माओवादी केन्द्रको ठहर

नेकपा (माओवादी) केन्द्रले तत्काल स्थानीय निकायको निर्वाचन घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले संविधान कार्यान्वयन गरेर जानका लागि चुनावको मिति घोषणा गरेर जानुपर्ने ठहर गरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।

शिक्षा अधिकारीको कार्यकक्षमा माओवादीको ताला

जिल्ला शिक्षा अधिकारी दिलिप ठाकुरको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले शुक्रबार विहान ताला लगाएका छन्। पार्टी जिल्ला इन्चार्ज मोहन खत्री (दिपक) र जिल्ला संयोजक भिम अधिकारी (अनिल) सहित लगभग १ सय हाराहारी कार्यकर्ता र शिक्षक सहितको टोलीले शिक्षा कार्यालय पुगेर जिशिअ ठाकुरको कार्यकक्षमा ताला लगाएको हो।

माओवादी नेता नै संविधान संशोधनको विपक्षमा

सरकारको नेतृत्वकर्ता नेकपा (माओवादी केन्द्र)का एक केन्द्रीय सदस्यले संविधान संशोधनको विरोधमा जनस्तरबाट भएका कार्यक्रममा ऐक्यबद्धता जनाएका छन्।

‘माओवादी गढ’ छिन्नभिन्न

पुष्पकमल दाहाल नेतृत्व सरकारले व्यवस्थापिका संसद्मा संविधान संशोधन विधेयक दर्ता गरेपछि यतिखेर सबै राजनीतिक दल तरंगित भएका छन् । खासगरी सीमांकन र पहिचानको नाफा–घाटाले राजनीतिक दललाई एकाएक गरमागरम बनाएको हो ।  तर, यतिबेला संघीयता र पहिचानको मुद्दा कसरी सुरु भएको थियो र अहिले कसरी बिसर्जन गर्न खोजिँदैछ भन्नेबारे वास्तविकता बुझ्ने प्रयास नगरी राजनीतिक दलहरू संविधान संशोधन दर्ताको पक्ष र विपक्षमा चर्काचर्का कुरा गरिरहेको देख्दा नेपाली उखान ‘काम गर्ने बाँदर पगरी गुथ्ने ढेडू’ चरितार्थ भएझैं अनुभूत हुन्छ ।

संशोधनप्रति क्रान्तिकारी माओवादीको आपत्ति

सरकारद्वारा मङ्गलबार संसद् सचिवालयमा दर्ता गरिएको नेपालको संविधान संशोधन विधेयकमा राखिएको सीमाङ्कनलगायत विषयप्रति नेकपा(क्रान्तिकारी माओवादी)ले आपत्ति प्रकट गरेको छ ।

पाँच नम्बर प्रदेश टुक्र्याउने माओवादी केन्द्रको निर्णय

सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले पाँच नम्बर टुक्र्याउने निर्णय गरेको छ। मंगलबार बसेको माओवादी केन्द्रको पोलिट्ब्युरो बैठकले पाँच नम्बर प्रदेश टुक्र्याउने निर्णय गरेको हो। पाँच नम्बर प्रदेश टुक्र्याउने प्रधानमन्त्री एवं पार्टी अध्यक्षले प्रस्ताव गरेपछि नेता टोपबहादुर रायमाझीले कडा आपत्ति जनाएका थिए। उनले अहिले कुनैपनि हालतमा संविधान संशोधन गर्न नहुने भन्दै संविधान कार्यान्वयनमा जोड दिएका थिए। संविधान संशोधनको विरोध अडान लिएका रायमाझीले पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव आफूले कुनैपनि हालतमा स्वीकार गर्न नसक्ने बताएका थिए।

दाहाल व्यस्त भएपछि माओवादी बैठक बस्न सकेन

प्रधानमन्त्री पुष्पकमल दाहालको व्यस्तताका कारण नेकपा (माओवादी केन्द्र)को सोमबारका लागि तय भएको पोलिटब्युरो बैठक बस्न सकेन।

कांग्रेस र माओवादीले संविधान संशोधनमा सहमति जुटाउन प्रयास गर्ने

संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्