२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

नयाँ शक्तिलाई आक्रमण गर्ने माओवादी कार्यकर्ता पक्राउ

शनिवार साँझ गोरखा नगरपालिका ९ लक्ष्मीबजारमा नयाँ शक्तिका कार्याकर्तालाई कुटपिट गर्नुका साथै जीप र मोटरसाइकल तोडफोडमा संलगन एकजनालाई प्रहरीले आज पक्राउ  गरेको छ । गोरखा नगरपालिका ६ का सुदिप बस्नेतलाई पक्राउ गरी अनुसन्धन गरिएको र अन्य संलग्नको खोजी भइरहेको डिएसपी बिरेन्द्र थापाले बताए ।

तालमेलको तेस्रो दिनमा कांग्रेस-माओवादी एकै मञ्चमा

सत्ता साझेदार दल कांग्रेस र माओवादी केन्द्रबीच भरतपुरमा चुनावी तालमेल गर्ने केन्द्रीय तहमा सहमति भएको तीन दिनपछि शनिबार चितवनमा पार्टीका जिल्ला तहका नेता र उम्मेदवार एकै मञ्चमा देखिएका छन्।

माओवादीद्वारा नयाँशक्तिमाथि आक्रमण

शनिबार साँझ माओवादी केन्द्रका कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण गरेका छन्।

माओवादीद्वारा नयाँ शक्तिका कार्यकर्ता माथि आक्रमण, चार घाईते

शनिवार साँझ माओवादी केन्द्रका कार्यकर्ताले नयाँ शक्तिका कार्यकर्ता माथि आक्रमण गरेका छन्।

काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेद्वार घोषणा

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र चितवनले शनिबार संयुक्तरुपमा पत्रकार सम्मेलन गरी केन्द्रिय नेतृत्वबीच भएको सहमति र निर्देशनलाई कार्यान्वयन गर्ने बताएको छ ।

माओवादी केन्द्रको चुनाबी घोषणा :  ट्रली बस चलाउनेदेखि भूउपयोग नीति लागू गर्ने

नेकपा माओवादी केन्द्रबाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सर्वोत्तमदास डङ्गोलले शनिबार आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्।

विप्लव माओवादीको आक्रमणबाट सात प्रहरी घाइते

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी को आक्रमणबाट कालिकोटमा सात जना प्रहरी घाइते भएका छन्। प्रहरीको एक थान हतियार पनि भाँचिएको छ। घाइते मध्ये एक जना प्रहरीलाई थप उपचारका लागि सदरमुकाम मान्मा ल्याइएको छ ।

सर्वोच्चको आदेशविरुद्ध कांग्रेस-माओवादी सर्वोच्च जाने

प्रधान न्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रक्रिया अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशविरुद्ध सत्तारुढ नेपाली कांग्रेस-माओवादी केन्द्रले आदेश पुनरावलोकलनका लागि सर्वोच्च जाने भएका छन्।

काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल

नेपाली काँग्रेसले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग तालमेल गर्ने भएको छ ।

काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप

रुकुममा विहीबार दिउँसो नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–६ मा झडप हुँदा आठजना घाइते भएका छन् । झडपका क्रममा नेपाल तरुण दलका तीन र वाइसिएलका पाँचजना कार्यकर्ता घाइते भएको बताइएको छ ।

कांग्रेस-माओवादी तालमेल गृहकार्य

तालमेलका लागि कांग्रेसबाट रामशरण महत र ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा र वर्षमान पुनलाई जिम्मेवारी दिइएको छ।

उपत्यकामा एक्लै भिड्दै माओवादी

नेकपा माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनका लागि २ सय ८३ मध्ये धेरै जसो स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । माओवादी केन्द्रले कतिपय ठाउँमा एमाले, कांग्रेस र राप्रपासँग पनि तालमेल गरी उम्मेदवारी दर्ता गराएको देखिएको छ।

दोलखामा कांग्रेस – माओवादी केन्द्र तालमेल

जिल्लामा चुनावी तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले ४ ओटा पालिकामा उम्मेदवार ब्यबस्थापन गर्न नसक्दा दर्ताका बखत दुवै दलका छुट्टा छुट्टै उम्मेदवारी परे।

माओवादीका कठिनाई

यो समय सत्ताचरित्र फेर्ने स्थानीय तहको चुनावको हो । यो चुनाव गाउँ/नगरपञ्चायत, गाउँ÷नगर विकास समितिको जस्तो मात्रै हैन, गाउँ÷नगरपालिकाको चुनाव हो । एकाथरी मानिस चुनावलाई पहिलाको जस्तै मान्दैछन् भने कतिपयले यसलाई हुन नदिएर संविधान निरर्थक बनाउँदै पुरानै यथास्थितिको सपना देख्दैछन् । कुनै सन्दर्भको प्रगतिशीलता रूपमा जे देखिए तापनि अर्को समयमा सोही प्रकारको सक्रियता प्रतिक्रियावादको सहयोगी बन्न पनि सक्छ । समयको छनोटले काम मूल्यांकन हुन्छन् । अहिले द्वन्द्वकालीन मुद्दा, अदालती सक्रियता र समय चयन भने द्वन्द्व न्यूनीकरण गर्ने देखिँदैनन् । हरेक स्थायी सत्ता जहिले पनि परिवर्तनको भाषा बुझ्न अक्षम भएर संक्रमणकालीन न्यायको बाटो पछ्याउन पनि सक्दैन् । अहिले घटना त्यस्तै अस्वाभाविक तरिकाले बढ्दैछन् ।

माओवादी केन्द्रको प्रतिबद्धताः ‘समृद्ध नेपालको आधार, समृद्ध गाउँनगर’

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र ले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्