२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मत परिणाममा एमाले पहिलो, काँग्रेसलाई पछ्‌याउँदै माओवादी

आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार दिउँसो सम्म ९७ तहको परिणाम सार्वजनिक भएको छ। पछिल्लो मतपरिणाम अनुसार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचमै कडा प्रतिष्पर्धा छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र भने कांग्रेस र एमाले भन्दा पछि छ।

शंखरापुरापुर नगरपालिकामा एमालेको अग्रता, माओवादी दोस्रो

काठमाडौको शंखरापुर नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ। एमालेका मेयर उम्मेदवार सुर्वण श्रेष्ठ २७४८ मतसहित अग्र स्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृण्णराज सुवेदी १९२६ मतसहित दोस्रो स्थानमा छन्।

बाग्लुङको निशीखोलामा काँग्रेस र ताराखोलामा माओवादी  विजयी

जिल्लाको निशीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

ललितपुर महानगरमा साझाले माओवादी उछिन्यो

ललितपुर महानगरपालिकाको पछिल्लो मतगणनामा साझा पार्टीका मेयर र उपमेयर उम्मेदवारले माओवादीभन्दा राम्रो मत पाइरहेका छन्। दुवै उम्मेदवार माओवादीलाई उछिन्दै तेस्रो स्थानमा छन्।

धादिङको सात स्थानीय तहमा एमाले अगाडि, कांग्रेस माओवादी संगसंगै

निलकण्ठ नगरपालिकामा नेपाली कांग्रेस मेयरका उम्मेदवार भीमप्रसाद ढुङ्गाना र उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले अग्रता हासिल गरेका छन्।

सिन्धुलीको मरिणमा माओवादीको प्यानलै विजयी

सिन्धुलीको मरिण गाँउपालिकामा नेकपा माओवादी केन्द्रले गाँउपालिका प्रमुख, उपप्रमुख सहित सबै वडामा विजयी भएको छ।

मत परिणाममा काँग्रेस, एमाले र माओवादीबीच रोमाञ्चक प्रतिस्पर्धा

स्थानीय तह निर्वाचनको पहिलो चरणअन्तर्गत भएको स्थानीय निर्वाचनको मतपरिणाम अाउने क्रम जारी छ। मंगलबार अपरान्ह ४:३० बजेसम्मको परिणामले एमाले, काँग्रेस र माओवादीबीच रोमाञ्चक प्रतिस्पर्धाको स्थिति देखिएको छ। मुख्य तीनवटै दलहरु झन्डै झन्डै बराबरी संख्यामा स्थानीय तहमा विजयी भएका छन्। एमालेले ११ स्थानमा विजयी हाँसिल गरेको छ भने काँग्रेस १० स्थानमा विजयी भएको छ।

सल्यानका दुई गाउँपालिकामा माओवादी र एमाले विजयी

सल्यानका दुई गाउँपालिकामा माओवादी केन्द्र र नेकपा एमाले विजयी भएका छन् । जिल्लाको दार्मा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ भने ढोरचौर गाउँपालिकामा एमालेले जितेको छ ।

सल्यानमा माओवादीको अग्रता,  २५ मध्ये १२ वडामा विजयी

सल्यानमा अहिले सम्मको चुनावी नतिजा अनुसार माओवादी केन्द्र अग्रस्थानमा छ । दोस्रोमा एमाले छ भने तेस्रोमा कांग्रेस छ ।

धादिङमा एमाले १०, माओवादी ६ कांग्रेस ५ वडामा विजयी

धादिङको विभिन्न स्थानीयतहका २० वडाको मतगणना सार्वजनिक भएको छ। सार्वजनिक भएको नतिजाअनुसार धादिङमा एमालेले १० वडामा विजयी भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्र ५÷५ वडामा विजयी भएको छ। मंगलबार बिहानसम्मको मत परिणाममा एमाले अग्रस्थानमा छ।

एमाले ५, कांग्रेस र माओवादी ४/४ स्थानमा विजयी

पहिलो चरणमा आइतबार सम्पन्न स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामले प्रमुख चार महानगरपालिकासहित सबैभन्दा बढी गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमशः काँग्रेस र माओवादी पछिपछि देखिएका छन्।

काँग्रेसलाई पछि पार्दै अग्रतामा माओवादी दोस्रो

स्थानीय तहको पछिल्लो मत परिणाममा एमाले सबैभन्दा बढी ५ स्थानीय तहमा विजयी भएको छ। मतगणना भइरहेका मध्ये एमालेले सबैभन्दा बढी ३३ स्थानमा अग्रता लिइरहेको छ। १९ नगरपालिका र १४ गाउँपालिका गरी एमालेले उक्त संख्यामा अग्रता लिइरहेको हो।

धादिङमा एमालेले ३, माओवादी केन्द्रले ३ र कांग्रेस २ वडामा विजयी

धादिङको विभिन्न स्थानीयतहका ८ वटा वडाको मतगणना सकिएको छ। यो समाचार तयार पार्दासम्म नेकपा एमालेले ३, नेकपा माओवादी केन्द्रले ३ र नेपाली कांग्रेसले २ वडा वडामा विजयी हासिल गरेको छ।

गोरखामा कांग्रेस दुई, नयाँ शक्ति र माओवादी एक/एक वडामा बिजयी

गोरखामा नगरपालिका १ मा नेपाली कांग्रेसका हिक्मत कुँवर प्यानल सहित बिजयी बनेका छन्।

तनहुँमा कांग्रेस र माओवादीको अग्रता

तनहुँमा स्थानीय तहको निर्वाचनको मतगणना भइरहेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका  र बन्दिपुर गाउँपालिकामा  आइतबार  १ बजेबाट मतगणना सुरु भएतापनि ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ्ग गाउँपालिकाको भने सोमबार बिहान १० बजेबाट मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय तनुहँले जनाएको  छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्