२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

खोटाङमा माओवादीले उठायो पूर्व सभासदलाई मेयर

नेकपा माओबादी केन्द्र खोटाङले सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकामा पूर्व सभासद दुर्गाजयन्ती राईलाई मेयरको टिकट दिएको छ।

एमाले- कांग्रेस नजिक नजिक, माओवादी अर्धसतक पछ्याउँदै (सूची सहित)

स्थानीय तह निर्वाचनको पछिल्लो नतिजा अनुसार नेकपा एमालेले सकत पार गरेको छ। एमालेले अहिले सम्म १ सय १ तहका प्रमुख स्थामा आफुलाई सुरक्षित गर्दै अग्रता कामय गरेको छ।

अन्तर्घात गरेको भन्दै ललितपुरका माओवादी उम्मेदवारद्वारा पार्टी परित्याग

ललितपुर महानगरपालिकाका एक जना माओवादी उम्मेदवारले आफ्नै पार्टी कार्यकर्ताले षड्यन्त्र गरेर आफूलाई हराएको भन्दै पार्टी परित्याग गरेका छन्। ललितपुरको ११ नम्बर वडाका माओवादी वडाअध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र पेरिसडाँडामा बुझाएका हुन्।

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल विजयी

चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका उम्मेद्वार तारा काजीमहतो निर्वाचित भएकी छन् । बिहीबार घोषित अन्तिम मत परिणाममा ढकालले नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार खेमप्रसाद महतोलाई ४४ मतले पराजित गरेका हुन् । ढकालले तीन हजार ८७३ मत ल्याए । महतोको तीन हजार ८२९ मत अयो ।

नुवाकोटको विदुरमा एमाले, ककनीमा माओवादी र शिवपुरीमा काँग्रेस

दुई नगरपालिका र १० गाउँपालिका रहेको नुवाकोटको मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको  छ । जिल्लाकै ठूलो स्थानीय तह विदुर नगरपालिकामा नेकपा एमालेले सफलता हात पारेको छ । विदुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी  भएको छ । १३ वटा वडाबाट प्राप्त नतिजा अनुसार  मेयर पदका एमालेका सञ्जु पण्डितले ९ हजार ७ सय १६ मत ल्याएर विजयी भए भने उनकोे निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धुव्र अधिकारीले ८ हजार ७ सय ४२ मत प्राप्त गरे ।

ललितपुरको दुर्गममा माओवादी, सुगममा कांग्रेस–एमाले

ललितपुरका दुई नगरपालिकामध्ये एउटा नेपाली कांग्रेसले जितेको छ। गोदावरी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए।

बेनिघाट रोराङमा माओवादीले बाजी मार्‍यो

धादिङका बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएका छन् भने उपाध्यक्षमा नेपाली काँग्रेसका देवीप्रसाद सिलवाल विजयी भएका छन्।

थाहा नगरपालिकामा काँग्रेस–माओवादी गठबन्धन विजयी

मकवानपुरको थाहा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका लवशेर विष्ट निर्बाचित भएका छन्।

गोरखाको आरुघाटमा कांग्रेस, सुलिकोटमा माओवादी बिजयी

गोरखाको आरुघाट गाउँपालिकामा नेपाली कांग्रेसका पूर्ण दाहाल ३४७६ मतका साथ बिजयी भएका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादीका अमानसिंह तामाङ विजयी

सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेद्वार अमानसिंह तामाङ निर्वाचित भएका छन् ।

सिन्धुपाल्चोकको भोटेकोशीमा माओवादी विजयी

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपलिकामा माओवादी केन्द्रका राजकुमार पौडेल विजयी भएका छन् । उनले २५७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका साङ्बु शोर्पाले २४५० मत प्राप्त गरे ।

काभ्रेका तीन गाउँपालिकामा काँग्रेस, एमाले—एमाओवादी एक–एक

स्थानीय तह निर्वाचनको ७ गाउँपालिकाहरुमध्ये हालसम्म ५ वटा गाउँपालिकाको नतिजा आइसकेको छ। जसमा बेथानचोक, तेमाल र रोशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारहरु अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।

एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा, माओवादी पछि पछि

आइतबार सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्र्तगत वुधबार साँझसम्म १ सय ३० तहको परिणाम सार्वजनिक भएको छ।

सल्यानको बागचौरमा माओवादी,छत्रेश्वरीमा कांग्रेस र कपुरकोटमा एमाले बिजयी

सल्यानका तीन नगरपालिका मध्ये एउटा नगरपालिकामा माओवादी केन्द्र बिजयी भएको छ। बागचौर नगरपालिकामा माओवादी केन्द्रका लोकमान बुढाथोकी मेयर र कल्पना पुन उपमेयरमा बिजयी भएका छन्।

मकवानपुरका तीन गाउँपालिकामा एमाले, एकमा माओवादी

मकवानपुरको तीन गाउँपालिकामा एमालेले र एक गाउँपालिकामा माओवादी केन्द्रले जीत हाँसिल गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्