१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्ने

बुटवल उपमहानगरपालिकाद्वारा संरक्षित वडा नं १० रामनगरस्थित पूर्व–पश्चिम राजमार्गसँगैको बुटवल मण्डपको करिब नौ बिघा क्षेत्रफलमा केन्द्र निर्माण भएको हो।

बुटवलमा २ अर्बको लगानीमा आधुनिक कृषि बजार बन्दै

पशुपन्छी, फलफुल लगायतका कृषि उपजको भण्डारणका लागि वैज्ञानिक प्रविधिसहितको गोदामघर, बीउ भण्डारणका लागि छुट्टै गोदाम घर निर्माण गरीने छ। केन्द्रमा खाद्यान्न, फलफुल, तरकारी, पहुपन्छी तथा दुग्धजन्य उत्पादनको गुणस्तर नाँपजाँच तथा निर्धारणकालागि अत्याधुनिक प्रयोगशाला र प्रशोधन केन्द्र पनि निर्माण गरिने छ।

भारतसँग सीमा जोड्ने व्यापारिक सडक एक दशकदेखि बेहाल

सरकारले भारतको सिमाना बेलहियादेखि बुटबलसम्मको २७.५ किलोमिटर सडक विस्तार गर्न थालेको एक दशक बितिसक्यो तर अहिलेसम्म यो खण्डको सडक स्तरोन्नति गर्ने काम सकिएको छैन।

गाडी किनेको पैसा नतिर्ने नियतले साथीको हत्या

गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पुर्‍याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।

बुटवल पावर कम्पनी पुरस्कृत

नेपाल चार्टड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले आर्थिक वर्ष २०७७/७८ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो।

‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’

पहिराेका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दैनन्।

किशोरी मृत्यु प्रकरणः होटलमा सँगै बसेका पूर्वप्रेमी प्रहरी नियन्त्रणमा

बुटवल गोलपार्कमा रहेको पाल्पाली होटलको एक कोठामा असार २५ गते बुटवल २ की समीक्षा गुरुङ झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा प्रहरीले होटलमा उनीसँगै बसेका पूर्वप्रेमी बुटवल ३ का असीम श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। २० वर्षीय श्रेष्ठ समिक्षाका पूर्वप्रेमी रहेको र उनीहरु एक रात सो होटलमा सँगै बसेको अनुसन्धानबाट खुलेको छ।

खुल्यो पाल्पा-बुटवल सडक खण्ड

पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ। अविरल वर्षाका कारण पाल्पा खण्डको दोभानबाट सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरुद्ध बनेको थियो।

बुटवल-पाल्पा र बुटवल–नारायणगढ सडक अवरुद्ध

ठाउँ-ठाउँमा पहिरो खस्दा बुटवल-पाल्पा सडक अवरुद्ध भएको छ। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा नजिकै पहिरो झरेपछि आज विहानैदेखि सडक अवरुद्ध भएको हो।

नारायणगढ–बुटवल सडक: प्रगति १८ प्रतिशत मात्रै

राष्ट्रिय गौरवको योजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छन्। तर सडक विस्तारको प्रगति भने १८ प्रतिशत मात्रै देखिएको छ।

तिनाउ नदीमा ६५ वर्षीय पुरुषको शव फेला

बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा तिनाउ खोलाले बगाएर ल्याएको अवस्थामा बुटवल–११ बुद्धनगरका ६५ वर्षीय किशोर नेपालीको शव भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

पाल्पा-बुटवल सडकखण्डः टिपर चलाउन रोक

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ। डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो।

बुटवललाई विकासमा अग्रणी र स्वाभिमानी सहर बनाउने लक्ष्य छः नवनिर्वाचित मेयर पाण्डे

बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकको समस्या समाधान गर्नेछौं। ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौं। तिनाउ दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमा हुनेगरी समाधान गर्नेछौं। मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी स्थानीयलाइ बिस्थापित हुन नदिइ उनीहरुको उचित व्यवस्थापन पछि औद्योगिक क्षेत्रको काम अघि बढाउन नगरले खेल्न सक्ने र पर्ने भूमिका निर्वाह गर्नेछौं। सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रुपमा समाधान खोजिनेछ।

बुटवलमा कांग्रेसले फर्कायो शाख, खेलराज पाण्डे भारी मतअन्तरले विजयी

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २ दशक अघिदेखि गुमेको आफ्नो शाख फर्काउन सफल भएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले कांग्रेसका उम्मेदवार खेलराज पाण्डे विजयी भएका छन्।

बुटवलको मत गणना स्थगितः मतपेटिकाको सिल कसले र किन तोड्यो?

बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्