८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर काम गरिरहेको बताएका छन्।

पहिलोपटक स्थापना दिवस मनाउँदै न्याम्स

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आज पहिलोपटक स्थापना दिवस मनाउँदै छ। न्याम्स स्थापना भएको २२ वर्षमा पहिलोपटक स्थापना दिवस मनाउन लागिएको हो।

जनशक्ति कमीले वीरमा २५ प्रतिशत आइसियु खाली

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा नर्सको कमीले पाँच महिनादेखि २५ प्रतिशत शड्ढया पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन् भने शल्यक्रिया तथा आइसियु वार्ड पनि पूर्णरूपमा सञ्चालन हुन सकेका छैनन्।

दक्ष चिकित्सक उत्पादन गर्न तीन प्रतिष्ठानबीच सम्झौता

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बिपिकेआईएचएस) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच दक्ष चिकित्सक एवं स्वास्थ्य जनशक्ति उत्पादन गर्न त्रिपक्षीय सम्झौता भएको हो।

अर्बुदमा व्यक्तीकृत चिकित्सा

डिएनए परीक्षणले सबै रोगको स्रोतबारे जानकारी दिन्छ ठानिँदै आएकामा समान चरित्रका आनुवांशिक पदार्थ भएका व्यक्तिहरूको व्यथाका बीचमा ठूलो विभेद देखिँदा के जिनोम टेस्टिङ पूर्ण छैन त भन्ने प्रश्नको लेखाजोखा आवश्यक हुन्छ।

वीर अस्पतालमा शल्यक्रिया राेकियाे

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्री नभएपछि सोमवार गर्ने भनिएको नियमित अप्रेसन रोकिएको अस्पताल स्रोतले जनाएको छ।

वीर अस्पतालको बेहाल

आर्थिक अभावकै कारण अस्पतालका सेवा प्रभावित भएका छन्। एकातिर क्षमता विस्तार गर्नुपर्ने र अर्कातिर बजेट कम हुनाले मुलुककै जेठो अस्पताल वीर बेहाल अवस्थामा पुगेको हो।

चिकित्सक बचाऔं

मानव हामीले आस्था राखेको देवता हैन। त्यसैले काम गर्ने क्रममा उसबाट त्रुटि हुन सक्छ। यस्तै त्रुटि, गल्ती, कमजोरी हुन सक्छन् भनेर नै विभिन्न क्षेत्रमा आचारसंहिता, नियमदेखि कानुनसम्म बनेका हुन्छन्।

वीरमा दसैंपछि ‘टोमोथेरापी’ सञ्चालन हुने

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालमा टोमाथेरापी मेसिन दसैंपछि सञ्चालनमा आउने अस्पतालले जनाएको छ। अस्पतालमा यो मेसिन अमेरिकाबाट गत साउनमा आइपुगेको हो।

विशिष्टको उपचार वीरमै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालले उच्च पदस्थ नेता तथा अन्य विशिष्ट व्यक्तिको उपचारका लागि भिआइपी र भिभिआइपी कक्ष विस्तार गरेको छ। सरकारी ओहोदामा रहेका जोकोहीले सरकारी खर्चमा उपचार पर्दा वीरकै भिआइपी र भिभिआइपी कक्षमा गर्नुपर्ने व्यवस्था गरिएकाले क्षमता विस्तार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

खिया लागेको टोमाथेरापीको सट्टामा नयाँ आउँदै

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका लागि ६ वर्षअघि खरिद भएको टोमाथेरापी मेसिनमा खिया लागेर प्रयोगविहीन भएपछि सम्बन्धित कम्पनीले सट्टामा नयाँ टोमाथेरापी दिएको छ।

१ सय ३३ वर्षको वीर अस्पताल कहिले होला पूर्ण क्षमतामा सञ्चालन?

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान शुक्रबारदेखि आफ्नो स्थापनाको १ सय ३४औं वर्षमा प्रवेश गरेको छ। राणाकालीन प्रधानमन्त्री वीर शमशेरले १९४७ सालमा १५ शड्ढयाबाट सञ्चालनमा ल्याएको यो अस्पतालले यतिबेला धेरै फड्को मारिसकेको छ। १५ शड्ढयाबाट सुरु भएको यो अस्पताल ९ सय ६६ शैय्यामा विस्तार भएको छ।

निजामती कर्मचारी अस्पतालमा थ्रिटेस्लाको एमआरई मेसिन

निजामती कर्मचारी अस्पतालले अर्को सातादेखि नयाँ एमआरइ मेसिनबाट परीक्षण सेवा दिने भएको छ। उक्त एमआरआई मेसिन सरकारी अस्पतालमा पहिलोपटक आएको हो।

दुई महिनादेखि न्याम्स पदाधिकारीविहीन

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को रिक्त पदाधिकारी पूर्ति हुन नसक्दा नियमित तथा अन्य काम अस्तव्यस्त बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्