२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

संसद अवरोध सरकारले जवाफदेहीता नदेखाउँदाको परिणामः काँग्रेस

नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकार सांसदहरुले उठाएको प्रश्नको जवाफ नदिइकन जबरजस्ती अघि बढेकाले संसद अवरोध गर्नु परेको बताएकी छिन्।

विद्युत् महसुल नतिर्ने ४५६ ग्राहक कालोसूचीमा

लामो समयदेखि विद्युत् महसुल नबुझाउने चार सय ५६ ग्राहकलाई कालो सूचीमा राखिएको छ।

जग्गा छनोटमै दबाब, बनेन विद्युत् भवन

जग्गा छनोटमै दबाब सिर्जना हुँदा नेपाल विद्युत् प्राधिकरण कालिकोटको भवन निर्माण अलपत्र परेको छ।

शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।

कावासोतीबाट गैँडा स्थानान्तरण सुरु

चितवन राष्ट्रिय निकुञ्जले आजदेखि आन्तरिक गैँडा स्थानान्तरणको काम सुरु गरेको छ। नवलपुरको कावासोतीबाट एउटा गैँडा नियन्त्रणमा लिएर स्थानान्तरणको काम सुरु गरिएकाे छ।

प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध, १५ मिनेटको लागि स्थगित

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ।

काँग्रेस सांसद केसीले भने: पुन र सुनको सम्बन्ध के हो, स्पष्ट होस्

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको काठमाडौंस्थित घर कुन स्रोतले बनेको हो स्पष्ट पार्न आग्रह गरेका छन्।

नेपाली क्रिकेट टोली काठमाडौँ आइपुग्यो (तस्बिरसहित)

हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ।

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्नः गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएकी छिन्।

मानव विकास सूचकाङ्कमा नेपाल तीन स्थानमाथि उक्लियो, एक सय ४६ औँ स्थानमा

मानव विकास सूचकाङ्क (ह्युमन डेभलपमेन्ट इन्डेक्स–एचडिआई) मा नेपालको अवस्थामा सुधार देखिएको छ।

कांग्रेसले भन्योः गृहमन्त्री विवादास्पद व्यक्ति भएकाले राजीनामा दिनुपर्छ

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विवादास्पद व्यक्ति रहेको दाबी गर्दै उनको राजीनामा मागेको छ।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सयले घटेर एक लाख २५ हजार चार सय कायम भएको छ।

नेपाल टेलिकमको टावरमा कुकर बम बिस्फोट, सामान्य क्षति

सुनकोसी गाउँपालिका १ दुम्जास्थित बिपि पार्क नजिकै रहेको टेलिकमको टावरमा गयराति बम बिस्फोट भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्