१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

काँग्रेसले गर्‍यो संसदको वेल घेराउ, अर्को बैठक आइतबार बस्ने

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदको वेल घेराउ गरेको छ।

शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथी विचार गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै काँग्रेस सांसदहरुले संसदको वेल घेराउ गरेका हुन्।

उनीहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन्। काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आईतवार ११ बजे बस्नेगरी स्थगित भएको छ। 

प्रकाशित: २ चैत्र २०८० १६:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App