८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधि सभा बैठकमा काँग्रेसको अवरोध, १५ मिनेटको लागि स्थगित

प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ।

सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचि अनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दल सम्बन्धी(दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिएसँगै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उभिएर बिरोध जनाएको हो।

काँग्रेसले बिरोध जनाएपछि सभामुख घिमिरेले काँग्रेस सांसद राजेन्द्र केसीलाई बोल्न समय दिएका थिए। त्यसपछि बैठकमा बोल्दै सांसद केसीले गृहमन्त्री रवि लामिछाने सहकारी पीडक भएको भन्दै गृहमन्त्रीमाथिको प्रश्नका बारेमा प्रधानमन्त्रीको जवाफ माग गरे।

त्यसपछि सभामुखले आसन ग्रहणका लागि काँग्रेस सांसदहरुलाई आग्रह गर्दा पनि सांसदहरुले विरोध जारी राखेका थिए। त्यसपछि नियमापत्ति गर्दै नेकपा(माओवादी केन्द्र)का सांसद हितराज पाण्डेले सभालाई अगाडी बढाउने सांसदहरुको पनि दायित्व भएको भन्दै सभा सञ्चालन गर्न दिन आग्रह गरेका थिए।

बैठक १५ मिनेटको लागि स्थगित भएको छ।  

प्रकाशित: २ चैत्र २०८० १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App