२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाली क्रिकेट टोली काठमाडौँ आइपुग्यो (तस्बिरसहित)

हङकङमा भएको त्रिकोणात्मक टी–२० आई सिरिज खेलेर नेपाली क्रिकेट टोली स्वदेश फर्केको छ। मैत्रीपूर्ण खेलका लागि हङकङ पुगेको नेपाली टोली उपविजेता बन्दै शुक्रवार स्वदेश फर्केको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहले स्वागत गरेका थिए।

सिरिजको फाइनलमा नेपाल पपुवा न्युगिनीसँग ८६ रनले पराजित बनेको थियो।

नेपाल आफ्नो पहिलो खेलमा आयोजक हङकङसँग पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। त्यसपछिका २ खेलमा जित हात पारेपनि अन्तिम खेलमा नेपाल फेरि पराजित हुन पुग्यो।

हेरौं तस्बिरमा स्वदेश फर्किए पछि नेपाली क्रिकेट टोलीः

प्रकाशित: २ चैत्र २०८० १४:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App