१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई काँग्रेस सांसद पन्तको प्रश्नः गोरखकाली रबर उद्योग कहिले सञ्चालन हुन्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद एवं पूर्वमन्त्री कमला पन्तले गोरखाकाली रबर उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता तत्काल पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएकी छिन्।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्दै उनले सो उद्योग संचालनमा ल्याउन आफैँले गरेको प्रतिवद्धता कहिले पूरा हुन्छ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गरिन्।

प्रधानमन्त्री दाहालको निर्वाचन क्षेत्र गोरखामा रहेको सो उद्योग हाल सञ्चालनमा नआएकाले त्यसलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने सांसद पन्तको भनाई थियो। उनले सो उद्योग गण्डकी प्रदेशकै गौरव भएकाले पनि त्यसको सञ्चालनमा सरकारले ढिलाई गर्न नहुने बताइन्। सांसद पन्तले सरकारले उत्पादनको क्षेत्रमा लगानी बढाउने राष्ट्रिय पूँजी वृद्धि गर्ने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता औंल्याइन्। 

प्रकाशित: २ चैत्र २०८० १३:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App