६ आश्विन २०८१ आइतबार
image/svg+xml

पार्टी सम्मेलनमा एमसिसी खारेजीको माग

जुलसमा सहभागीहरुले ‘एमसिसी–चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘अमेरिकी साम्राज्यवाद–मुर्दावाद, भारतीय विस्तारवाद– मुर्दावादलगायतका नारा लगाएका थिए।

नेपालगञ्जको पिपरीमा कृषि विकास बैंक

कृषि विकास बैंकले नेपालगञ्जको पिपरीमा नयाँ शाखा सञ्चालन गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सो शाखाको उद्घाटन गरेका हुन्।

जबसम्म एमसिसी खारेज हुँदैन, तबसम्म आन्दोलन जारी रहन्छ : नेमकिपा

पार्टी नेताहरुले अमेरिकी सहयोगको नाममा सार्वभौमिकतालाई बन्धकमा राख्ने षड्यन्त्रमा सत्ताधारी दलहरु फसेको समेत बताए।

किसानको प्रश्नः आफ्नै वन प्रयोग गर्दा हामी तस्कर?

विसं २०५२ मा तीन हजार तलब खाएर फर्निचर व्यावसाय थालेका दुर्गाले अहिले बागलुङ नगरपालिका–४ कुँडुलेमा आफ्नै फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन्। आफूले राज्यलाई कर तिरेर उद्योग चलाउँदासमेत पटक/पटक काठ तस्करीको आरोप सामना गर्दै आएको उनको गुनासो छ।

अनौपचारिक क्षेत्रका मजदुर उपेक्षित

अनौपचारिक क्षेत्र त्यसमाथि पनि यौन व्यवसायमा संलग्न महिलाहरू चौतर्फी रुपमा पीडामा रहेको उनले बताइन्। यस्तै कपडा पसल, किराना पसललगायतका व्यवसायमा काम गर्ने कामदारहरूपनि असाध्यै न्यून ज्यालामा काम गर्न बाध्य भइरहेको बताइन्।

तराईका ग्राहकको पहिलो रोजाइ पहाडी फलफूल

सहजपुर बजारमा कृषि उपजको राम्रो व्यापार हुन थालेपछि आसपासका किसानले पनि व्यवसायिक तरकारी खेती गर्न थालेका छन्।

विष भई थाहा पाइकन खाए के हुन्छ ? एमसिसी त्यही हो : प्रेम सुवाल

अमेरिकी अधिकारीहरुले सयथरी कुरा गर्दैछन्। हामी उनीहरुको सयथरी कुरामा फस्नु हुन्न। एमसिसी संविधानभन्दा माथि होइन भन्दै तल राख्ने अमेरिकी साम्राज्यवादको चाल हो।

मल माग गर्दै प्रदर्शन

पहिलोचोटि नाम सुनिएको किसानको मोर्चाले रौतहट सदरमुकाम गौरमा ट्र्याक्टर प्रदर्शन गरेका छन्। आइटी आर्मीसित सम्बन्धित किसान मोर्चाको आह्वानमा सयौं ट्र्याक्टरले रौतहटको गरुडादेखि सदरमुकाम गौरसम्म २२ किलोमिटर लामो प्रदर्शन गरेका हुन्।

एमसीसीविरुद्ध भक्तपुरमा जुलुस

सभामा पार्टीका केन्द्रीय सदस्य उकेश कवां, युवा संघका मिनबहादुर बाटा, विद्यार्थी संघका रमेश प्रजापतिलगायतले एमसीसी देशघाती मात्रै नभई एसियाघाती नै रहेको भन्दै कुनै हालतमा यो स्वीकार्य नहुने बताए।

मल माग गर्दै रौतहटमा किसानहरूको ट्रयाक्टर प्रदर्शन

वि.सं. २००९ मा रौतहटबाट ऐतिहासिक किसान आन्दोलनको सुरुआत भएको थियो। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल किसान संघले रौतहटमा सुरु गरेको किसान आन्दोलन सर्लाहीदेखि पर्सासम्म फैलिएको थियो।

जुम्लामा अहिले स्याउको समय

अहिलेसम्म दुई सय मेट्रिकटन स्याउ जिल्ला बाहिर निर्यात भएको छ। बगैंचामै व्यापारीले प्रतिकेजी ६० रूपैयाँमा स्याउ खरिद गर्ने गरेका छन्। यहाँको लागि सबैभन्दा नजिकैको बजार सुर्खेत हो। त्यसपछि कोहलपुर, नेपालगन्ज हुँदै काठमाडौं र पूर्वको बजारसम्म जाने गरेको छ।

नेमकिपाका कार्यकर्तालाई लोभमा फसाएर सिद्धान्तच्युत बनाउने काम भइरहेको छ : बिजुक्छें

नेपालमा पञ्चायती व्यवस्था अन्त्य गर्न भक्तपुरले ठूलो योगदान दिएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले पञ्चायती शासकहरुबाट भएका दमन, षड्यन्त्र अगाडि नेमकिपाका नेता कार्यकर्ता कहिल्यै नझुकेको स्मरण गर्दै शासक दलहरुले नेमकिपाका कार्यकर्ताहरुलाई अनेक लोभमा फसाएर सिद्धान्तच्युत बनाउने काम गरिरहेको समेत बताए।

अध्यादेश खारेज गर्न माग

भक्तपुर नगरपालिकाको आयोजनामा भएको पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध कार्यक्रममा सांसद सुवालले भक्तपुर काण्ड भक्तपुरबासीहरुलाई जातीय हिसाबले दमन गर्ने पञ्चायती फासीवादको सिलसिला भएको बताए।

किसान संगठनको माग : ओली सरकारको जस्तो बेइमानी नगरी उखु किसानको भुक्तानी देऊ

संयुक्त किसान संगठनहरुले किसानहरुलाई उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गराउन माग गरेका छन्।

उहिलेका स्वास्थ्यकर्मी, अहिलेका नमुना नर्सरी किसान

बाहिर जिल्ला निर्यात पनि उनकै नर्सरीबाट हुन्थ्यो। उनको सिको गर्दै अहिले अन्यले पनि घरघरमा नर्सरी उद्यममा लागेका छन्। नर्सरीबाटै स्थानीय न्युनतम २० हजार देखि ८ लाख रुपैयाँसम्म कमाउदै आएका छन्। यो गाउँले बर्षेनी विरुवा बेचेर करोडौँ भित्र्याउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्