४ वैशाख २०८१ मंगलबार
राजनीति

पार्टी सम्मेलनमा एमसिसी खारेजीको माग

नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगरपालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको छ। पार्टी नगर सम्मेलनको सिलसिलामा आयोजित कार्यक्रममा एमसिसी सम्झौता राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग गरिएको थियो।  

पार्टी नगर समितिको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेमकिपा, कर्णाली प्रदेशको संयोजक तथा पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाइँले जनदबाबको कारण एमसिसीसम्झौता पारित नगरिएको तर सम्झौता कुनै पनि बेला पारित गर्न मौका खोजिरहेको बताए। उनले एमसिसी पारित गर्ने अमेरिकी साम्राज्यवादका दलालहरूलाई जनताले सजायँ दिने भन्दै नेपाली जनता देशको सार्वभौमिकता रक्षाको निम्ति एकजुट हुनुपर्ने धारणा राखे।

केन्द्रीय सदस्य गोसाईंले शिक्षा र स्वास्थ्य निःशुल्क नगर्ने कुनै पनि पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै एमाले, माओवादी वा सरकारमा जाने कुनै पार्टीले नामकै आधारमा धोका दिइरहेको बताए। उनले नेमकिपाले समाजमा वैज्ञानिक तथा भौतिकवादी चिन्तनको विकास गर्ने प्रयास गरिरहेको भन्दै कोभिड–१९ नियन्त्रणको नाममा शासकहरूले मैनबत्ती बाल्ने, घण्टी बजाउने, कालो टीका लगाउनेजस्ता अन्धधारणा प्रचार गरेको उल्लेख गरे।

नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गणतन्त्रले पनि जनताको जीवनस्तरमा परिवर्तन नआएको भन्दै समाजवादी गणतन्त्रको निम्ति सङ्घर्ष गर्नुपर्ने विचार राखे। उनले एमसिसीमा सबै शासक दलहरू मुछिएका भन्दै दार्चुलामा नेपाली मारिएर पनि नेपाली शासकहरू विरोध गर्न नसकेको बताए।  

नेमकिपा पूर्व केन्द्रीय सदस्य एवम् गुरा“स गाउ“पालिका अध्यक्ष उदयजङ शाहीले उत्पादनका साधन समाजिकीकरण नगर्ने पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै नेमकिपाले योग्यता विकासमा समान अवसरको निम्ति सङ्घर्ष गरिरहेको विचार राखे। नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विकले एमसिसी सम्झौताको विरोधमा नेमकिपाले गाउ“गाउ“मा प्रदर्शन गरिरहेको बताए। नेमकिपाका जिल्ला सदस्य एवम् चाविनपा वडा नं ३ का वडाध्यक्ष निरकबहादुर शाहीले भ्रष्टाचार रोक्ने हो भने नेपाली आफै विकासका काम गर्नसक्ने बताए।

नेमकिपा, दैलखका जिल्ला सदस्य एवम् आठविस नपा कडा नं ९ का वडाध्यक्ष धनबहादुर सिजापतिले नेमकिपाले शिक्षा र स्वास्थ्यमा जो दिएको बताए भने नेमकिपा, चाविनपा नगर समितिका अध्यक्ष शिवराज जैसी, नेमकिपाका पूर्व जिल्ला अध्यक्ष पूर्णबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घको दैलेख जिल्ला अध्यक्ष धनकुमारी शाही, नेक्राकिसङ्घका जिल्ला अध्यक्ष तिलकप्रसाद आचार्य, नेक्राशिसङ्घ, दैलेखको जिल्ला समिति सदस्य लोकप्रसाद आचार्य, नेमकिपा ठा“टीका“ध गाउ“पालिका समितिका अध्यक्ष मनराज थापा, नेमकिपा चाविनपाका उपाध्यक्ष मनबहादुर विकलगायतले एमसिसी देशका लागि घातक रहेको विषयमा धारणा राखे।

जुलसमा सहभागीहरुले ‘एमसिसी–चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘अमेरिकी साम्राज्यवाद–मुर्दावाद, भारतीय विस्तारवाद– मुर्दावादलगायतका नारा लगाएका थिए।

प्रकाशित: ८ आश्विन २०७८ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App