कुमारी बैंक र टेलेउपचारबीच व्यावसायिक साझेदारी
कुमारी बैंक लिमिटेड तथा टेलेउपचार डटकमबीच व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ।
कुमारी बैंक लिमिटेड तथा टेलेउपचार डटकमबीच व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ।
नेपाल बंगलादेश बैंकको २७औं वार्षिकोत्सव सम्पन्न भएको छ। यो बैंक विदेशी संयुक्त लगानीमा सञ्चालन भइरहेको छ। बैंकमा मित्रराष्ट्र बंगलादेशको आइएफआइसी बैंकको ४०.९० प्रतिशत लगानी छ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहरी क्षेत्रको नजिकै रहेर पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नम्बर ११, बसेनीस्थित गणेशस्थानका स्थानीयबासीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ।
कोरोना महामारी नियन्त्रणका लागि वैशाख १६ मा निषेधाज्ञा गरिएयता बैंकका २५ प्रतिशत शाखा सञ्चालन हुँदै आएका थिए।
यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन्। नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ।
बुधबार मुलुकको अर्थतन्त्रसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले पहिलो लहरको महामारीपछि विस्तारै सुधार हुन लागेको अर्थतन्त्र दोस्रो लहरको महामारीले प्रभावित भएको उल्लेख गरेको छ।
जेठ लागेसँगै वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन्। अधिकांशले अघिल्लो महिनाको तुलनामा ब्याजदर घटाएका छन्।
नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।
धरानमा रहेका बैंक तथा बित्तिय संस्थाहरुले सेवाग्राहीहरुलाई दिँदै आएको प्रत्यक्ष सेवा बन्द गर्ने निर्णय भएको छ।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचनामार्फत प्रत्येक साताको आइतबार, मंगलबार र बिहीबार मात्र बैंकिङ सेवा सञ्चालन हुने निर्णय लिएको जनाएको छ।
महामारीमा पनि बैंक तथा वित्तीय संस्थाको कर्जा वृद्धिले अर्थतन्त्र चलायमान गराउन ठूलो योगदान पुगेको विज्ञहरूको धारणा छ। ‘बैंकका कैयन कर्मचारीलाई कोरोना संक्रमण हुँदा पनि ग्राहकको सेवामा जुटिरहेका कारण गत वर्षको भन्दा राम्रो नतिजा देखिएको हो,’ एक बैंकरले भने, ‘महामारीको अवस्था नआएको भए पक्कै पनि बैंकहरूको कार्य सम्पादन अझै निकै उत्कृष्ठ हुन्थ्यो।’
मर्जरपछिको संस्था मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हुनेछ। कुल चुक्ता पँुजी २६ अर्ब ९४ करोड १७ लाख रूपैयाँ कुल निक्षेप करिब तीन खर्ब ११ अर्ब रूपैयाँ पुग्नेछ।
कोरोना महामारीपछि वृद्धि भइरहेको रेमिटेन्स पछिल्लो समयमा पनि बढ्ने क्रम जारी रहेको पाइएको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत) मा रेमिटेन्स साढे १६ प्रतिशतले बढेको छ।
बैंकिङ काराबारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ। यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ।
रेटिङ एजेन्सीबाट यो स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थासँग वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमता पर्याप्त रहेको मानिन्छ।