२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकबाट सहयोग

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहरी क्षेत्रको नजिकै रहेर पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नम्बर ११, बसेनीस्थित गणेशस्थानका स्थानीयबासीलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ।

बैंकले कोभिड–१९ को जोखिम न्यूनीकरण गर्ने अभिप्रायले ती सामग्री वितरण गरेको जनाएको छ। उक्त स्वास्थ्य सामग्री बैंकको नारायाणगढ शाखाका प्रमुख विरेन्द्र चौधरीले एक कार्यक्रमबीच वडा नम्बर ११ का वडासदस्य चिन्तामणि लम्साल र गणेशस्थान टोल विकास समितिका अध्यक्ष राजनकुमार श्रेष्ठलाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।  

टोल विकास समितिका अध्यक्ष श्रेष्ठले कोभिडको महामारी नियन्त्रण गर्न बैंकले गणेशस्थानका बासिन्दालाई मास्क, सेनिटाइजर लगायत स्वास्थ्य समग्री वितरण गरी समाजिक उत्तरदायित्व पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरे। बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण ग्राहकलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आइपिएस, क्युआर कोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी कोरोना संक्रमणबाट आफू र अरूलाई पनि सुरक्षित राख्न सुझाएको छ।

प्रकाशित: २० जेष्ठ २०७८ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App