२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल बैंक लिमिटेड फेरि ‘ए’ रेटिङमा

इक्रा नेपाल लिमिटेडले मुडिज्को स्ट्यान्डर्ड बमोजिम नेपाल बैक लिमिटेडलाई ‘ए’ स्तरको रेटिङ दिएको छ। रेटिङ एजेन्सीबाट यो स्तरको रेटिङ प्राप्त गर्ने बैंक तथा वित्तीय संस्थासँग वित्तीय तथा आर्थिक दायित्व समयमै भुक्तानी गर्न सक्ने क्षमता पर्याप्त रहेको मानिन्छ। 

यस बैंकमा नगदको हिस्सा ६३ प्रतिशत रहेको र यो नेपालको बैंकिङ क्षेत्रको औसतभन्दा उच्च रहेको, पर्याप्त पुँजी कोष अनुपात रहेको, कर्जा तथा निक्षेपको कन्सन्ट्रेसन जोखिम कम रहेको र समग्र कर्जा जोखिम न्यून रहेको भन्ने जस्ता आधारहरू प्रमाणित हुने हुँदा बैंकप्रतिको विश्वसनीयता बढ्नुका साथै बैंकको व्यवसाय वृद्धि तथा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्न सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकले कोभिड–१९ बाट सिर्जित प्रतिकूल परिस्थितिमा समेत कर्जा तथा अन्य सम्पत्तिको गुणस्तर कायम राख्न सफल रहेको विज्ञप्तिमा दाबी गरिएको छ। 

साथै, वित्तीय दबाबको ब्यबस्थापन गर्न कर्जा जोखिम, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारिता, बैंकको प्रभावकारी सञ्चालनमा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूको विश्लेषण, बजार हिस्सा, ब्रान्ड तथा इमेज, स्वस्थ मुनाफाको आधार, तीतिगत तथा कानुनी प्रभावहरूको मूल्यांकन, पुँजी संरक्षण तथा सरकारबाट प्राप्त सहयोग, सुशासन कायम गर्नको लागि गरिएका प्रयास, नीति तथा स्थापना गरेका पूर्वाधारहरू, जोखिम बहन गर्न सक्ने क्षमता, पर्याप्त तरलता तथा पुँजीकोष, आम्दानीका स्रोतहरू त्था तिनका स्थायित्व, निक्षेपको मिश्रण, कर्जा तथा निक्षेपको अनुपात, पारदर्शिता एवं समग्र उद्योगको जोखिम जस्ता तथ्यको आधारमा नेपाल बैंक लिमिटेड ‘ए’ रेटिङमा परेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २८ वैशाख २०७८ ०३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App