२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्ने

ताप्लेजुङ सदरमुकाम फुङ्लिङका बैंकहरु अब हप्तामा ३ दिन मात्र खुल्न पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचनामार्फत प्रत्येक साताको आइतबार, मंगलबार र बिहीबार मात्र बैंकिङ सेवा सञ्चालन हुने निर्णय लिएको जनाएको छ।  

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सदरमुकाम क्षेत्रमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि हप्तामा ३ दिन एक चौथाइ कर्मचारी मात्र राखेर फुङ्लिङ बजारमा बैंकिङ सेवा सञ्चालन गर्न सकिने जानकारी दिए। यसअघि निषेधाज्ञा अवधिभर यहाँका बैंकहरुले एक चौथाइ कर्मचारी राखेर दैनिक सेवा दिँदै आएका थिए।

प्रकाशित: ३ जेष्ठ २०७८ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App