१० मंसिर २०८१ सोमबार
image/svg+xml

अलपत्र अवस्थामा रहेको पासाङल्हामु मार्ग निर्माण सुरु

सडक विस्तारका क्रममा विवाद भएपछि अलपत्र परेको सो मार्गमा अस्फाल्ट प्रविधिद्वारा कालोपत्र गरिने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

मानसरोवर दर्शन गर्न यात्रुसहित नेपालगञ्जबाट पहिलो परीक्षण उडान

मौसम प्रतिकूलताका कारण शनिवारबाट प्रभावित भएको उक्त फ्लाइट आज बिहान श्री एयरलाइन्सले उडान भरेको हो।

महिला उद्यमीद्वारा उत्पादित सामग्रीको १५ लाख बढीको कारोबार

अध्यक्ष बस्नेतले भनिन्, 'प्रदर्शनीमा राखिएका महिलाले उत्पादन गरेका वस्तुलाई निकैले मन पराएको पाइयो। यसबाट बजारीकरणमा निकै सहजता हुने आशा पलाएको छ।'

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था भोलि देखि बन्द

अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ।

घुस रकमसहित प्रहरी सहायक निरीक्षक पक्राउ

कृषि प्रयोजनका लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस लिएको आरोपमा अख्तियारले उनलाई बुधवार नियन्त्रणमा लिएको हो।

उपमहानगरले रिक्सा नष्ट गरेपछि चालकहरू आन्दोलनमा (तस्बिरसहित)

कागजपत्र नभएका ‘अवैध’ इलेक्ट्रिक रिक्सालाई नियन्त्रणमा लिएर उपमहानगरपालिकाले डोजर चलाए पछि उनीहरू आन्दोलनमा उत्रेका हुन्।

नेपालगञ्ज–कोहलपुर सडक अवरुद्ध (तस्बिरसहित)

नेपालगञ्जको कारकादोमा स्कारपियोको ठक्करबाट मृत्यु भएका दुईजनाका आफन्तले क्षतिपूर्ति र न्यायको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।

नेपालगञ्जमा ह्वात्तै बढ्यो चिसो, न्यूनतम तापक्रम ७.८ डिग्री

नेपालगञ्जमा चिसो अत्यधिक रुपले बढेको छ। चिसो बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ।

छोरा बुहारीबाट अपहेलित भएका घटनाले रसाए सबैका आँखा

मानव सेवा आश्रमले नेपालगन्जमा ‘आमा सेमिनार’ गरेको छ। मानवता प्रवर्द्धन कार्यक्रमअन्तरगत आश्रमको नेपालगन्ज शाखाले बुधबार बेलुकी उक्त सेमिनार गरेको थियो।

‘नेपालगञ्ज वाकाथन’ सुरु

भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ।बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो।

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

स्थानीय प्रशासनले नेपालगञ्जमा सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ।

नेपालगञ्ज म्याराथन

नेपालगञ्ज म्याराथनको नवौँ संस्करण सुरु भएको छ। नेपालगञ्ज म्याराथनले देशको ऐतिहासिक शहर नेपालगञ्ज र उदीयमान शहर कोहलपुरलाई जोड्ने आयोजक क्रियटिभ ह्याण्ड्सका संस्थापक टिएस ठकुरीले बताए।

भारतले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्