९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

मानसरोवर दर्शन गर्न यात्रुसहित नेपालगञ्जबाट पहिलो परीक्षण उडान

नेपालगञ्जबाट चीनको तिब्बतस्थित मानसरोवर दर्शनका लागि आज माउण्टेन फ्लाइट परीक्षण उडान गरिएको छ। मौसम प्रतिकूलताका कारण शनिवारबाट प्रभावित भएको उक्त फ्लाइट आज बिहान श्री एयरलाइन्सले उडान भरेको हो।

यो नेपालगञ्जको लागि ठूलो अवसर भएको पर्यटन व्यवसायीहरु बताउँछन्। ‘फ्लाइटले उडान भरेको छ,’ नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले भने, ‘यो सफल भयो भने पर्यटनसँगै यहाँको आर्थिक गतिविधिमा महत्वपूर्ण उपलब्धी हुन्छ।’ यसले यहाँको पर्यटन क्षेत्रमा केही आशा जगाएको उनको भनाइ छ।

यो उडान परीक्षण सफल भएमा भारतीय पर्यटकहरु मानसरोवर दर्शनका लागि माउण्टेन फ्लाइट गर्न आउने उनी बताउँछन्।

प्रकाशित: १५ माघ २०८० ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App