२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाडीको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

बाँकेको नेपालगञ्जमा गाडीको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ। नेपालगञ्ज–१८ कारकाँदोमा सु–प–प–०१००१ च् ३४६४ नम्बरको स्कारर्पियो  गाडीले राति  १२ः४० बजेतिर पैदल हिँडिरहेका तीन जनालाई ठक्कर दिएको थियो। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। 

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ की २४ वर्षीया आस्था शाह रहेकी छन् भने अर्का एकजना पुरुष रहेका छन्। उनको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।  

दुर्घटनामा परी स्थानीय २५ वर्षीया सहाना शाह घाइते भएकी छन्। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।  

गाडीका चालक कैलाली, लम्किचुहाका रामराज जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: १६ पुस २०८० ०३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App