१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था भोलि देखि बन्द

अत्यधिक चिसो बढेपछि बाँके नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन शैक्षिक बिदा दिइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले चिसो बढेपछि सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा माघ ४ गतेदेखि ६ गतेसम्म जाडो बिदा दिइएको उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताए।

“मौसम प्रतिकूलताका कारण अत्यधिक जाडो बढेसँगै विद्यार्थीको पठनपाठनमा असहजता हुने भएकाले बिदा दिने निर्णय गरेका छौँ”, उनले भने, “जाडो बिदाबाट कट्टी हुने गरी बिदा दिइएको छ।”

महाशाखा प्रमुख थापाका अनुसार अत्यधिक जाडो तथा शीतलहर बढेसँगै विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिइएको हो।

नेपालगञ्जमा एक सातायता शीतलहर चलेसँगै चिसो अत्यधिक बढेको छ।शीतलहरसँगै लागेको हुस्सु र कुहिरोका कारण विद्यार्थीलाई विद्यालय जान आउन र विद्यालयमै बस्न अप्ठ्यारो भइरहेको जनगुनासो आएपछि विद्यालयमा बिदा दिइएको छ।बाँकेमा दुई सातादेखि शीतलहरसँगै कुहिरो र हुस्सु लाग्नाले जनजीवन प्रभावित भएको छ।

 

प्रकाशित: ३ माघ २०८० १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App