सत्ता साझेदार दलहरू जोडिएका प्रकरण छानबिन गर्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती
नेपाली कांग्रेस सांसद हृदयराम थानीले तत्कालीन नेकपा एमाले नेतृत्वको सरकारका पालामा बाहिर आएका र माओवादी केन्द्रका नेताहरूको नाम जोडिएका प्रकरणहरू छानबिन गरेर देखाउन गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्।